भारतमा कोरोना संक्रमितको संख्यामा फेरि बन्यो नयाँ रेकर्ड
जानकारी केन्द्र
२०७७, चैत्र, ११
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार बिहानसम्म थप ४७ हजार २६२ जनामा संक्रमण देखिएको हो ।
यससँगै भारतमा १ करोड १७ लाख ३४ हजार ५८ जनामा संक्रमण देखिएको छ । यस्तै, भारतभर १ लाख ६० हजार ४४१ जनाको संक्रमणका कारण ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै २७५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । हाल भारतमा ३ लाख ६८ हजार ४५७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । भारतको महाराष्ट्र, पंजाब, कर्नाटक गुजरात र मध्यप्रदेशमा फेरि कोरोना संक्रमणको दर बढ्दै गएको छ ।
कतिपय जिल्लामा फेरि लकडाउन गरिएको छ । केही क्षेत्रको संचालनमा प्रतिबन्ध लगाइएको छ । संक्रमण बढ्दै जाँदा केन्द्र र राज्य सरकारले स्वास्थ्य प्रोटोकल पालना गर्न सार्वजनिक अपिल जारी गरेको छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


