यसरी पूर्वका तीन जिल्ला टुक्राउने तयारीको विरोध -जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, २
सुनसरी, मोरङ्ग र झापा संयूक्त नागरिक सरोकार समाजले पूर्वका तीन जिल्ला टुक्राएर मधेस मधेस आन्दोलनलाई संबोधन गर्ने गरी भईरहेका छलफल प्रति आपत्ति प्रकट गरेका छन ।
बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तीन जिल्ला राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक र ऐतिहासिक रुपमा अन्र्तसम्बन्धीत रहेकोले यसलाई टुक्राउन नमिल्ने भन्दै दुई नम्बर प्रदेशमा गाभ्ने षडयन्त्र कुनै पनि हालतमा स्विकार्य नहुने स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा समाजका संयोजक एवम मोरङ समाजका अध्यक्ष विमल भट्टराईले बर्तमान संविधानको अनुसुचिमा भएको ब्यवस्थाको विपक्षमा जाने र सम्बन्धीत जिल्लाका जनताको अभिमतका विरुद्ध गरिने कुनै पनि कथित राजनैतिक सहमति आफुहरुलाई स्विकार्य नहुने भन्दै नुन र तेलसँग राष्ट्रियता साट्ने षडयन्त्र विरुद्ध एक जुट हुन आब्हान गरे ।
सुनसरी नागरिक समाजका अध्यक्ष एवम समाजका सदस्य सचिव प्रभु प्रसाद श्रेष्ठले सम्बन्धीत जिल्लाका नागरिकहरुको अभिमत विरुद्ध चालिने कुनै पनि कदम स्विकार्य नहुने भन्दै त्यस्तो जनभावना विपरितको कदम नचाल्न सचेत गराए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
पशुपतिनाथका चारै ढोका भोलि खुल्दै
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर

