• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ साउन २०८३, बिहीबार
०७ साउन २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
  • ६ घण्टा 

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
  • ७ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
  • ८ घण्टा 

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
  • ९ घण्टा 

रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
  • ९ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा 

२०८३ साउन ८ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

  • २. गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय

  • ३. मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

  • ४. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • ५. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ६. रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

  • ७. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ८. २३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण

  • ९. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

  • १०. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

लाल बाबुले भने राजिनामा नदिए धकेलेर फालिदिन्छौं

admin २०७४, पुष, २२

काठमाडौं, २२ पुस । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनसम्म यो सरकारलाई आफूहरुले कुरेर बस्ने यदि निर्वाचनपछि पनि रुंगेरै बसिरह्यो भने धकेलेर बाहिर फालिदिने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले निर्वाचनपछि पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार रँगेर बसिरहे धकेलेरै बाहिर फालिदिने चेतावनी दिएका हुन् । उनले भने,“हामी निर्वाचनसम्म धैर्य गर्छौं, यदि त्यसपछि पनि उहाँहरु सरकारमै टाँसिरहन चाहानुभयो भने हामी धकेलेर निकालिदिन्छौं।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले अहिलेको अवस्थामा प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको नियुक्तीको विषयले जुन ठाउँ लिईरहेको त्यसबारे टिप्पणी गर्दै भने,“प्रदेशको प्रमुखको नियुक्तीमा धेरैको चासो रहेको छ, राजधानी बनाउने विषयमा ठाउँठाउँमा आन्दोलन भैरहेका छन् । कतिपय ठाउँमा हाम्रो ठाउँमा मान्नुपर्छ भनेर माँग आईरहेको छ। यसलाई मैले अस्वभाविक मानेको छैन ।”

सरकारलाई प्रदेश प्रमुख तोक्न र राजधानी तोक्नको लागि कसैले नरोकेको उल्लेख गर्दै नेता पण्डितले भने,“सरकारले नतोकिरहेको एउटा स्थिति छ । यदि सरकार तोक्न सक्ने हैसियतमा छैन भन्ने हो भने सरकार छोड्नुपर्यो । सरकार बनेको पहिलो हप्तामा हामी प्रदेशको अस्थायी राजधानी तोकिदिन्छौं । अहिले देखिएका सबै असहमतिहरु समाप्त भएर जान्छन् ।”
उनले यही स्थिति विगतमा पनि प्रदेशको सिमांकन गर्दा रयाँर्यर्याँई अवस्था रहेको स्मरण गराउँदै भने,“संविधान नै जारी हुन दिन्नौं भन्ने थियो । त्यसकारण यसमा ढिलाई गर्नुहुँदैन्, सरकारले तोक्नुपर्यो।”

प्रदेश नम्बर १ को राजधानी सबै हिसावले बृहत्तर विराटनगरलाई नै बनाउनुपर्नेमा उनको जोड थियो । उनले भने,“मेरो मत भन्नुहुन्छ भने मैले त दुई वर्षदेखि भन्दै आएकोछु कि विराटनगर महानगरपालिकादेखि लिएर, ईटहरी उपमहानगरपालिका, दुहवी, सुन्दरहरैचाका ७ वटा वडा बनाएर बृहत्तर विराटनगर नामकरण गरेर प्रदेशको राजधानी तोकियो भने सबैभन्दा राम्रो हुन्छ । बृहत्तर विराटनगर बनाउनुपर्छ, यो भयो भने सबै समेटिन्छ।”

पहिला पनि धनकुटा पूर्वाञ्चलको सदुरमुकाम रहेको भएपनि जम्मै कार्यकारी काम विराटनगरमा हुन्थ्यो भन्दै उनले थपे,“तराई, मधेश र पहाडको सन्तुलित बसोबास पनि छ । जनजाति र अन्यवीचको पनि सन्तुलित बसोबास छ । त्यसकारणले सन्तुलित रुपमा जनसंख्याको बसोबासको सिमितता, साझा थलोको रुपमा हुन्छ । अहिले मैले सुन्छु, सरकारले कहिले एकतिर आँखा फर्काएको छ। क्हिले अर्कोतिर अलि अलि रक्तपात होस् भन्ने सरकारले चाहेको हो भने यस्तो नहोस् । क्लियर कुरा हो । तोक्न सक्ने अधिकार हुँदापनि तोक्न नसक्ने हो भने सरकार छोड्नुपरयो ।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

ताजा

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.