सर्लाही । सर्लाहीको हरिवनमा खेत जोतिरहेको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । हरिवन नगरपालिका १ पटौनामा शनिबार दिउँसो धान रोपाइँका लागि खेत जोत्दै गरेको ज १ त ५७५७ नम्बरको ट्याक्टर पल्टिएर च्यापिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा हरिवन नगरपालिका २ अत्रौली घर भएका ५० वर्षीय सहदेव राउत रहेका छन् । खेत जोतिरहेको बेला ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा रोडाभेटरमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।
राउतको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।