Jankari Kendra
२ कार्तिक २०८३, आईतवार

२५ भन्दा बढि भेला हुन रोक लगाउन सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिश

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, २७
२५ भन्दा बढि भेला हुन रोक लगाउन सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिश

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिश गरेको छ । तर, मन्त्रालयले सबै स्थानमा भन्दापनि मापदण्ड पालना नभएको ठाउँमा यस्तो लागु गर्न सिफारिश गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पनि विद्यालयहरु अब बन्द गर्ने जनाएका छन् । यद्धपी पठनपठान भने भर्चुअल माध्यमबाट सूचारु हुने उनको भनाई छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले स्वास्थ्य–सुरक्षा मापदण्ड पालना गर्न सुझाएका छन् ।

Top Changing Nepal

ट्रेन्डिङ

युट्युब सट्स