५ दिनपछि सबै ग्यास उद्योग बन्द हुने ! (अाजको पत्रिका )
सरकारले एचपी ग्यासको खरिद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन् ।
उनीहरुले निर्णय नसच्याए ५ दिनपछि सम्पूर्ण उद्योग बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार एचपी ग्यासको पीडिओ रोक्का गर्ने निर्णय फिर्ता लिन सरकारलाई ५ दिने अल्टिमेटम दिएको समाचार कारोवार दैनिकमा छ ।
संघले आपूर्तिमन्त्री गणेशमान पुनलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको छ । संघ अध्यक्ष शिवप्रसाद घिमिरेले उद्योगको कुनै पनि गल्ती नभई एचपी ग्यासको पिडिओ रोक्का गरिएकाले निर्णय नसच्याए ५ दिनपछि सबै उद्योगले पिडिओ सुविधा नलिई उद्योग बन्द गर्ने चेतावनी छ ।
राष्ट्रिय उपभोक्ता हित परिषदको बुधवारको बैठकले एचपी ग्यास सिलिन्डर विस्फोटनबाट मानवीय क्षति भएको भन्दै पिडिओ रोक्का गनै नेपाल आयल निगमलाई निर्देशन दिने निर्णय गरेको थियो। सो निर्णय फिर्ता गर्न उद्योगीहरु लागिपरेका छन् ।
कालिमाटी सुगम ग्यास र ललितपुरमा एचपी ग्यास विस्फोट हुनु भवितव्य हुने भएकाले उद्योगको कुनै गल्ती नरहेको संघको दाबी छ । सरकाले तोकिएको मापदण्डको अधिनमा रही आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दै आएको जनाएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

