कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
दोहा । कतारको सबैभन्दा ठूलो ग्यास प्लान्ट रास लाफान एलएनजी कम्प्लेक्समा अचानक विस्फोट हुदाँ मारिनेको संख्या १४ पुगेको छ । जुन दुर्घटनामा परी १२ भारतीय सहित १४ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन ।
कतारका ऊर्जामन्त्री साद अल९काबीले सोमबार अबेर यो पुष्टि गरेका थिए । उर्जामन्त्री अल काबीले भने, ‘रास लाफान औद्योगिक शहरको बरजान स्थानीय ग्याँस आपूर्ति सुविधामा विस्फोट भएको थियो। दुर्घटनामा घाइते हुनेहरूमा भारत, कतार, तान्जानिया, पाकिस्तान, गिनी, नेपाल, बंगलादेश, केन्या र नाइजेरियाका नागरिकहरू रहेका छन्।’
ऊर्जामन्त्रीले यो दुर्घटना मात्रै भएको बताए। यसमा कुनै गल्ती वा जानाजानी गरिएको कारबाहीको कुनै संकेत देखिएको छैन। उनका अनुसार गत डिसेम्बर २०२५ देखि आवश्यक मर्मतका लागि प्लान्ट पूर्ण रूपमा बन्द गरिएको थियो र दुई दिन अघि मात्र उत्पादन पुनः सुरु गरिएको थियो। दुर्घटनाको कारणको अनुसन्धान सुरु भएको छ।
ऊर्जा मन्त्रीका अनुसार आइतबार साँझ पुनः सुरु गर्ने प्रक्रियाको क्रममा बरजान स्थानीय ग्याँस आपूर्ति सुविधामा विस्फोट र आगलागी भएको थियो। आपतकालीन टोलीहरू तुरुन्तै घटनास्थलमा पुगे र आगो नियन्त्रणमा लिएका थिए ।
कतारी मिडियाका अनुसार विस्फोट यति शक्तिशाली थियो कि यसको आवाज राजधानी दोहासम्म सुनिएको थियो। ७० किलोमिटर टाढा बस्ने मानिसहरू पनि सतर्क भएका थिए । यद्यपि, ऊर्जामन्त्री काबीले दुर्घटनाले कुनै वातावरणीय खतरा नरहेको र कतारको ग्याँस आपूर्ति जारी रहेको बताए।
दुर्घटना भएको बरजान ग्यास प्लान्ट कतारको सबैभन्दा ठूलो ग्याँस हब, रास लाफानको हिस्सा हो। यस क्षेत्रबाट विश्वका धेरै देशहरूमा ग्याँस ढुवानी गरिन्छ। यसले घरेलु विद्युत प्लान्ट र उद्योगहरूलाई पनि आपूर्ति गर्दछ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

