छोराको कुटपिटबाट आफ्नै आमाको निधन
जानकारी केन्द्र
२०८३, असार, १३
काठमाडौं । उदयपुर कटारी नगरपालिका–५ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीको आफ्नै छोराको कुटपिटबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार साँझ करिब ७:४५ बजे मेघियामाथि उनका छोरा २४ वर्षीय किरण चौधरीले कुटपिट गरेका थिए।
छोराको कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई उपचारका लागि ललितपुरको पाटन अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न किरण चौधरीलाई प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

