विदेश पठाईदिन्छु भनी ठगी गर्ने फरार व्यक्ती यसरी पक्राउ परे
जानकारी केन्द्र
२०७३, कार्तिक, २९
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार वैदेशिक रोजगार कसुर मुद्दामा असार गत १९ गतेको फैसला अनुसार ३ वर्ष कैद र ३ लाख जरीवाना ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका–२९ गोगबुं बस्ने वाग्लुङ्ग विहु–८ घर भएका ४४ वर्षीय कृष्ण प्रसाद कडेललाई प्रहरीले पक्राउ गरेको छ ।
कडेललाई कात्तिक २६ गते गोगंबु बसपार्कबाट पक्राउ गरी सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार, सुन्धारामा पठाईएको छ ।
कंडेलले वैदेशिक रोजगार व्यबसाय गर्न पाउने अनुमति बिना नै बाबुराम खरेललाई Internatinal Cruise को रोजगारको लागि नेदरल्याण्ड पठाईदिने भनी २०६७ फागुन १८ गते टुरिष्ट भिसामा थाईल्याण्ड बैंककसम्म पु¥याई नेदरल्याण्डको भिसा लगाउने भनी २०६७ फागुन ३० गते १३ लाख लिई ठगी गरेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

