अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित अरुवा खोलामा नुहाउने क्रममा डुबेर एक ९ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर टोल निवासी शेख मुन्नाका ९ वर्षीय छोरा शेख तमिन शनिबार दिउँसो करिब १ बजे मन्जुरघाटस्थित अरुवा खोलामा नुहाउने क्रममा डुबेका थिए।
घटनाको जानकारी भने राति करिब ९ बजे स्थानीयवासीले इलाका प्रहरी कार्यालय सन्तपुर–लक्ष्मिनियालाई दिएका थिए। सूचना प्राप्त हुनासाथ सई विनोद पासवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसअघि नै स्थानीयवासीले बालकको शव खोलाबाट बाहिर निकाली सुरक्षित राखेका थिए।
पछि प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो। आइतबार बिहान पोस्टमार्टम सम्पन्न भएपछि मृतकका फुपाजु शेख हसमुदिनले शव बुझेर अन्त्येष्टिका लागि लगेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
