आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
काठमाडौं । पेसएक्स स्पोर्ट्सको आयोजनामा आज देखि ‘पेसएक्स प्रिमियर लिगु सेभेन ए साइड खुल्ला फुटसल’ प्रतियोगिता हुने भएको छ।
आयोजक पेसएक्स स्पोर्ट्सले बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
बुढानिलकण्ठस्थित कुपन स्पोर्ट्स सेन्टरमा सञ्चालन हुने प्रतियोगिता साउन १५ देखि १७ गते (जुलाई ३१ देखि अगस्ट २) सम्म गरी तीन दिनसम्म चल्नेछ। प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका खेलाडीहरूको समेत सहभागिता रहनेछ। खेललाई निष्पक्ष र मर्यादित बनाउन प्रोफेसनल रेफ्रीहरूले खेल खेलाउने आयोजकले स्पष्ट पारेको छ। प्रत्येक टोलीमा ७ जना खेलाडीहरू मैदानमा रहनेछन्। विजेतालाई १ लाख ११ हजारभन्दा बढी नगद पुरस्कार
प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको यस प्रतियोगिताको विजेता टोलीले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, दोस्रो हुने टोलीले नगद रु ५१ हजार १ सय ११ र तेस्रो स्थान हासिल गर्ने टोलीले नगद रु २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन्।
विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि आकर्षक ट्रफी तथा प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ।
नेपाली खेलकुदको विकास र विस्तारका लागि स्थापना भएको पेसएक्स स्पोर्ट्सले भविष्यमा फुटसलका अलावा अन्य विभिन्न खेलकुद प्रतियोगिताहरू पनि निरन्तर आयोजना गर्दै जाने लक्ष्य राखेको छ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ‘प्रि–ओन्ड ईभी’ कर्जा सुरु
करदाता प्रोत्साहन उपहार कार्यक्रम साउन २१ देखि लागु, पीएसपीलाई एप अपडेट गर्न राष्ट्र बैंकको निर्देशन
सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगल डोर’ फ्रिजहरू
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

