काँकडभिट्टाबाट एक वर्षमा रु २४ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
भद्रपुर । काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्ष २०८२/८३ मा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार समीक्षा अवधिमा पेट्रोल, डिजेल र लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) आयात गरिएको हो। तीमध्ये सबैभन्दा बढी रु १२ अर्ब १८ करोड ७ लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ। यस्तै, रु ९ अर्ब ५५ करोड ४९ लाख ७ हजार बराबरको डिजेल र रु २ अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको एलपीजी आयात भएको कार्यालयले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाकाबाट रु ८ अर्ब ९२ करोड ८५ लाख २६ हजार बराबरको पेट्रोल र रु ७ अर्ब ३ करोड ३२ लाख १९ हजार बराबरको डिजेल आयात भएको थियो। यस आधारमा गत आर्थिक वर्षमा पेट्रोल र डिजेल दुवैको आयातमा उल्लेख्य वृद्धि भएको देखिएको छ।
काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थको आयातबाट सरकारको राजस्व सङ्कलनमा पनि उल्लेखनीय योगदान पुगेको छ। उनका अनुसार गत आर्थिक वर्षमा पेट्रोलबाट रु ५ अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट रु २ अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ।
भन्सार कार्यालयले सीमा नाकाबाट हुने पेट्रोलियम पदार्थको आयात निरन्तर बढ्दै गएको जनाएको छ। यससँगै राजस्व सङ्कलनमा पनि सकारात्मक प्रभाव परेको कार्यालयको भनाइ छ।
सम्बन्धित समाचार
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहने
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शाओमी नेपालद्वारा बाढीपीडितलाई अत्यावश्यक घरायसी सामग्री सहयोग
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
पशुपतिनाथका चारै ढोका भोलि खुल्दै

