बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा प्रतिलिटर ३ र डिजेलमा ५ रुपैयाँ वृद्धि
जानकारी केन्द्र
२०८३, श्रावण, १८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ।
त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौंका लागि) को मूल्य प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले बढाइएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ कायम गरिएको छ।
नेपाल आयल निगमले संशोधित मूल्य सोमबार बिहानदेखि लागू भएको जनाएको छ।

सम्बन्धित समाचार
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहने
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शाओमी नेपालद्वारा बाढीपीडितलाई अत्यावश्यक घरायसी सामग्री सहयोग
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
पशुपतिनाथका चारै ढोका भोलि खुल्दै

