स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
काठमाडौं । अचानक प्रवेश गरेका हजारौं मोरोक्को र अफ्रिकाका शरणार्थीलाई देशवाट फिर्ता गराउन स्पेनले धेरै हदसम्म सफलता हासिल गरेको छ । गत साता देखी अचानक हजारौंको संख्यामा स्पेनको भुमी सेउटामा प्रवेश गरेका शरणार्थीलाई फिर्ता गराउन स्पेनले ठुलो सफलता हासिल गरेको हो ।
स्पेनको अनुमान अनुसार हालसम्म करिब ६९ हजार ५०० आप्रवासीहरूलाई मोरक्को फर्काइसकिएको छ, जुन ५० हजारको प्रारम्भिक अनुमानभन्दा बढी हो। सीमाको स्पेनतर्फको भागमा आधिकारिक रूपमा ७२ जनाको मृत्यु भएको छ भने मोरक्कोतर्फ ११ जनाको मृत्यु भएको छ।
गत हप्ता मोरक्कोबाट स्पेनको भू भाग ‘सेउटा’ मा हजारौं आप्रवासीहरूको अनियन्त्रित प्रवेश पछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सीमा सुरक्षाका लागि ‘एकताबद्ध कदम’ चाल्न आह्वान गरेकी छिन्। यस विषयमा छलफल गर्न मंगलबार युरोपेली संघका आन्तरिक मामिला मन्त्रीहरूले भिडियो कन्फरेन्स मार्फत आपतकालीन वार्ता गर्ने भएका छन् ।
तर, सेउटामा देखिएका घटनाक्रमले युरोपेली संघका २७ सदस्य राष्ट्रहरूमध्ये केही बीचको सम्बन्धमा तनावसमेत सिर्जना गरेको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई लेखिएको पत्रमा युरोपेली आयोगकी अध्यक्ष भोन डेर लेयनले संकटको ‘तत्काल व्यवस्थापन’ गरेकोमा उनको प्रशंसा गरिन्। तर उनले भनिन, ‘यस घटनाबाट यो स्पष्ट हुन्छ कि हामीले संवेदनशील बिन्दुहरूमा हाम्रा सीमाहरूलाई अझ सुदृढ बनाउन थप प्रयास गर्नुपर्छ।’
तर, सेउटामा देखिएका घटनाक्रमले युरोपेली संघका २७ सदस्य राष्ट्रहरूमध्ये केही बीचको सम्बन्धमा तनावसमेत सिर्जना गरेको छ। सेउटामा भएको प्रवेशको प्रतिक्रिया स्वरूप इटालीले स्पेनसँगको ‘सेन्जेन’ व्यवस्थालाई अस्थायी रूपमा स्थगनसमेत गरेको थियो । ‘सेन्जेन सम्झौता’ले सीमा जाँचको व्यवस्था हटाउँछ र यसमा हाल युरोपका २९ देश तथा ४५ करोडभन्दा बढी मानिसहरू समेटिएका छन्।
फिनल्यान्ड र डेनमार्कले इटालीको कदमलाई समर्थन गरेका छन् भने चेक प्रधानमन्त्री आन्द्रे बाबिसले स्पेनको सेन्जेन सदस्यता अस्थायी रूपमा निलम्बन गर्न आग्रहसमेत गरेका छन । यसको जवाफमा सान्चेजले केही युरोपेली सरकारहरूप्रति आफूमा ‘गम्भीर चिन्ता’मा रहेको प्रतिक्रिया दिएका छन भने र सेउटा सेन्जेन क्षेत्रको हिस्सा नभएको पनि दावी गरेका छन् ।
धेरै जसोले समर्थन र ऐक्यबद्धता जनाए पनि उनले अन्य युरोपेली सरकारहरूले पूर्वाग्रह, गलत समाचार, अज्ञानता वा राजनीतिक स्वार्थबाट प्रेरित भई स्पेन माथि प्रहार गर्ने बाटो रोजेको बताए।
स्पेनको सर्वोच्च अदालतले स्पेन प्रवेश गरिसकेका मोरोक्कोका शरणार्थीलाई देश निकाला गर्न नमिल्ने आदेश दिएसँगै अचानक मोरोक्कोवाट शरणार्थीहरू स्पेनको सेउटमा प्रवेश गरेको स्पेनका मिडियाहरूले उल्लेख गरेका छन ।
सम्बन्धित समाचार
पृथ्वीमा ‘अमासिया’ नामक नयाँ महामहाद्वीपको जन्म हुदाँ प्रशान्त महासागर हराउने
नेपाल आइपुग्यो लिपमोटर बी०३एक्स, छिट्टै औपचारिक लन्च हुँदै
एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ मा रु.४ अर्बभन्दा बढी खुद नाफा
३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशोर बने प्राध्यापक
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल

