थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
काठमाडौं । थाइल्याण्डमा एक किशोरले आफ्ना हजुरबुबा हजुरआमा र केही विद्यालय शिक्षकहरूलाई गोली हान्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ।
प्रधानमन्त्री अनुतिन चर्नविराकुलका अनुसार ३० जनाभन्दा बढी घाइते भएका छन् र तीमध्ये नौ जनाको अवस्था गम्भीर रहेको छ।
अधिकारीहरूका अनुसार गोली चलाउने आशंका गरिएका १४ वर्षीय किशोरको पनि मृत्यु भइसकेको छ । प्रधानमन्त्री चर्नविराकुलले पत्रकारहरूलाई बताए अनुसार उक्त आक्रमण स्पष्ट योजना र उद्देश्यका साथ राम्रो तयारी गरेर गरिएको थियो।
बैंककको बाहिरी इलाकामा रहेको एउटा विद्यालयमा भएको गोलीकाण्डमा पाँच शिक्षकको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार, गोली चलाउने शंकास्पद व्यक्ति १४ वर्षीय बालक हुन्स उनले विद्यालय जानुअघि घरमै आफ्ना हजुरबुबा/हजुरआमाको हत्या गरेका थिए। प्रहरीका अनुसार उनले प्रयोग गरेको ९ एमएमको ह्यान्डगन उनका हजुरबुबाको हो र उनीसँग थप कम्तीमा ३४ राउन्ड गोली पनि फेला परेको थियो।
प्रहरीले यसअघि नै गोली चलाउने शंकास्पद बालकको पनि मृत्यु भइसकेको जनाएको छ। अधिकारीहरूका अनुसार उनको यस्तो कदमको उद्देश्यबारे अझैसम्म थाहा हुन सकेको छैन। थाइल्याण्डको राजधानी बैंककको बाहिरी इलाका नन्थाबुरीस्थित विद्यालयबाट भागेकी एक छात्राले आफूले एक शिक्षकलाई गोली लागेको देखेको बीबीसीलाई बताइन्।
विद्यालयको पोसाकमै रहेकी अर्की छात्राले आफू र आफ्ना केही साथीहरू कसरी भाग्नका लागि विद्यालयको पर्खाल नाघेर जानुपरेको थियो भन्नेबारे बताएकी छिन । अधिकारीहरूले सर्वसाधारणलाई डेबसिरिन विद्यालयको वरपरको क्षेत्रबाट टाढै रहन आग्रह गरेका छन् । घटनास्थलमा आपतकालीन उद्धारकर्मीहरू देखिएका तस्बिरहरू सार्वजनिक भएका छन्।
बन्दुक राख्ने विषयमा प्रतिबन्धहरू भए तापनि यहाँ मानिसहरूले तुलनात्मक रूपमा सजिलै बन्दुक प्राप्त गर्न सक्छन् । थाइल्याण्डमा यस वर्ष विद्यालयमा गोली चलेको यो दोस्रो घटना हो।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

