पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि. मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको घोषणा गरेको छ। पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित यो नयाँ सर्भिस सेन्टरसँगै पोखरामा बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको बताएको छ। यसले गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकलाई अझ सहज, भरपर्दो र स्तरीय बिक्रीपछिको सेवाउपलब्ध गराई अपनत्वको अनुभव दिलाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
उक्त सर्भिस सेन्टरको उदघाटन प्रमुख अतिथिको रुपमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । बीवाईडीले नेपालभर आफ्नो बिक्रीपछिको सेवा सञ्जाल तीव्र रूपमा विस्तार गरिरहेको अवस्थामा पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु कम्पनीका लागि अर्को महत्वपूर्ण उपलब्धि भएको बीवाईडी नेपालले जनाएको छ। यसका साथै, ग्राहकलाई सवारी बिक्री पश्चात समेत सुपेरियर र सिन्सेयर सर्भिस प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई यसले थप मजबुत बनाएको कम्पनीको भनाइ छ।
यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा प्राप्त गर्दै आएका थिए। अब भने आधिकारिक बीवाईडी सर्भिस सेन्टर सञ्चालनमा आएसँगै ग्राहकले बीवाईडीकै आधिकारिक सेवा सञ्जालमार्फत अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा प्राप्त गर्न सक्नेछन्।
सो अवसरमा बोल्दै साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले भने, – ‘बीवाईडीको सवारी खरिद गर्नु भनेको ग्राहकसँगको हाम्रो सम्बन्धको सुरुवात मात्र हो। हाम्रो जिम्मेवारी सम्पूर्ण स्वामित्व अवधिभर कायम रहन्छ। पोखरामा आधिकारिक बीवाईडी सर्भिस सेन्टर सञ्चालनमा ल्याउनु भनेको विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स तथा ग्राहक–केन्द्रित सेवामार्फत उत्कृष्ट र इमानदार सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो। नेपालमा विद्युतीय सवारीको बजार विस्तार हुँदै गइरहेका बेला हामी देशव्यापीसेवा सञ्जाललाई थप सुदृढ बनाउँदै प्रत्येक बीवाईडी ग्राहकलाई पूर्ण विश्वास र सहजता प्रदान गर्न प्रतिबद्ध छौं।’
करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक सर्भिस सेन्टर विशेष रूपमा विद्युतीय सवारीसाधनको मर्मत तथा सेवा सम्बन्धी आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको बताइएको छ । कम्पनप्का अनुसार, सर्भिस सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्र, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ बे लगायतका सुविधा उपलब्ध रहनुका साथै सो सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्दछ, जसबाट ग्राहकको प्रतीक्षा समय घट्नुका साथै सेवा अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
सर्भिस सेन्टरमा ग्राहकले नियमित मर्मत सेवा, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट सेवा, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस, जेन्युइन स्पेयर पार्ट्सका साथै डेडिकेटेड सर्भिस एडभाइजर र सीआरएम टोलीमार्फत व्यक्तिगत ग्राहक सेवा प्राप्त गर्न सक्नेछन्।
पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएको यो अवसर नेपालकै अटोमोबाइल उद्योगका लागि पनि महत्वपूर्ण मानिएको छ। आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बीवाईडीले नयाँ पुस्ताका विद्युतीय सवारी साधन सार्वजनिक गर्ने तयारी गरिरहेको बेला कम्पनीले आफ्नो बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्नुले नेपाली बजारप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई थप स्पष्ट पारेको बताएको छ।
नेपालको नम्बर १ विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित बीवाईडीले नवीन प्रविधियुक्त सवारी मात्र होइन, विश्वस्तरीय सर्भिस इकोसिस्टम निर्माणमा पनि निरन्तर लगानी गर्दै आएको जनाएको छ। पोखरामा आधिकारिक बीवाईडी सर्भिस सेन्टर सञ्चालनमा आउनुले नेपालभरका ग्राहकलाई अझ सहज, भरपर्दो र गुणस्तरीय विद्युतीय सवारी सेवा उपलब्ध गराउने कम्पनीको दीर्घकालीन रणनीतिलाई थप सुदृढ बनाउने विश्वास गरिएको बताइएको छ।
सम्बन्धित समाचार
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था

