महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ। ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने उक्त कार्यक्रमको औपचारिक घोषणा आज ललितपुर चाकुपाटस्थित इन्ट्रन्स क्याफेमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो।
हास्य व्यङ्ग्यमा आधारित यस रियालिटी शोमा महानायक राजेश हमालले लिग प्रेसिडेन्टको भूमिका निर्वाह गर्नेछन् भने चर्चित कलाकारहरू विल्सन बिक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा रहेका छन् ।
कार्यक्रमका लागि पाँच शहरमा अडिसन गरिने भएको छ, २०८३ साउन २९ गते दमक स्थित कदम थिएटर, साउन ३१ गते नारायणगढ स्थित राइनो वाटर होटेल, भदौ २ गते नेपालगन्ज स्थित सिद्धार्थ होटल, भदौ ४ गते पोखरा स्थित पोखरा थिएटर र भदौ ६ गते काठमाडौँमा अडिसन सञ्चालन हुनेछ। अडिसनबाट छनोट हुने ३२ जना प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिने र ८ जनाको उक्त समूहको नेतृत्व ४ जना क्याप्टेनहरुले गर्नेछन्।
अडिसनमा सहभागी हुन नपाएका र नेपालबाहिर रहेका नेपाली भाषी इच्छुक प्रतिभाहरूले डिजिटल अडिसन मार्फत आफ्नो भिडियो सामग्री पठाएर पनि सहभागी हुन सक्नेछन्।
सुपर कमेडी लिग मूलतः समूहमा आधारित ढाँचामा प्रतिस्पर्धा हुने कार्यक्रम भएकोले एउटा स्क्रिप्टमा कम्तीमा दुई जना तथा आवश्यकता अनुसार सो भन्दा बढी प्रतिस्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिनेछन्।
पूर्वनिर्धारित विषय तथा थिममा आधारित प्रस्तुतिहरू मुख्यतः स्केच, स्किट तथा ड्रामेडी (ड्रामा-कमेडी) लगायतका शैलीमा प्रस्तुति तयार गरिनेछ । यस कार्यक्रमको उद्देश्य परम्परागत रूपमा कमेडियन खोज्नु मात्र नभई कमेडी एक्टमा प्रस्तुति गर्न सक्ने उत्कृष्ट एक्टरको खोजी गर्नु पनि रहेको छ।
प्रतिभाशाली कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शनका लागि अवसर प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम निर्माण गर्न लागिएको निर्देशक एलिन श्रेष्ठले बताए ।
नेपाली टेलिभिजन कार्यक्रम निर्माण तथा निर्देशनमा दुई दशक भन्दा लामो समय अनुभव बटुलेका तथा नेपाल आइडल, सारेगम लिल च्याम्प्स, बुगि बुगि, मेरो भोइस युनिभर्स र मेरो डान्स युनिभर्स लगायत विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा रियालिटी शोको निर्देशन गरिसक्नुभएका एलिन श्रेष्ठले यस कार्यक्रमको निर्देशन गर्नेछन ।
साथै, निर्देशक श्रेष्ठले ‘सुपर कमेडी लिग’लाई नेपाली टेलिभिजनको प्रिमियम कमेडी रियालिटी शोका रूपमा स्थापित गर्ने लक्ष्य रहेको जानकारी गराए ।
कार्यक्रमको प्रसारण नेपालको राष्ट्रिय टेलिभिजनबाट हुनेछ भने, डिजिटल प्रसारण ओ एस आर मार्फत हुनेछ। साथै कार्यक्रमको पर्दा पछाडिका सामाग्री हरू सारङ्गी मिडियामार्फत प्रसारण गरिनेछ।
कार्यक्रमको नियमित प्रसारण भाद्र अन्तिम सातादेखि सुरु गरिने जानकारी निर्माण पक्षले दिएको छ। विशुद्ध पारिवारिक मनोरञ्जनात्मक प्रकृतिको हुने कार्यक्रममार्फत नेपाली दर्शकलाई नयाँ शैलीको हास्य मनोरञ्जन प्रदान गर्ने विश्वास निर्देशक एलिन श्रेष्ठले लिएका छन ।
सम्बन्धित समाचार
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

