यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
काठमाडौं । नेपालमा सिजी मोटर्स द्वारा प्रतिनिधित्व गरिएको विद्युतीय सवारी ब्रान्ड आयोनले यस वर्षको दशैंलाई लक्षित गर्दै विशेष ‘दशैंको बहार, आयोन को उपहार’ योजना सार्वजनिक गरेको छ। सिजी मोटर्सका अनुसार,योजनामार्फत आयोनले नयाँ विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई आकर्षक सुविधा तथा विशेष लाभहरू उपलब्ध गराउने भएको छ।
दशैंको अवसरमा सार्वजनिक गरिएको यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक आर्थिक वर्षको सडक कर, एक वर्षको अटो प्लस बीमा, ६.६ किलोवाटको होम चार्जर तथा विभिन्न एसेसरिज प्राप्त गर्न सकिने जनाइएको छ ।
यस योजनाको अर्को प्रमुख आकर्षण इन्स्ट्यान्ट डेलिभरी रहेको छ भने यसअन्तर्गत ग्राहकले लामो समय पर्खनु नपर्ने गरी उपलब्ध मोडलअनुसार तत्कालै आफ्नो नयाँ आयोन घर लैजान सक्ने कम्पनीले बताएको छ।
विद्युतीय सवारीसाधनप्रति नेपाली ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सार्वजनिक गरिएको यस योजनाले ग्राहकलाई सवारी खरिदमा थप मूल्य र सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ। आर्थिक लाभसँगै बीमा, सडक कर, होम चार्जर तथा एसेसरिजजस्ता आवश्यक सुविधालाई योजनामा समेट्दै आयोनले ग्राहकको सम्पूर्ण ओनरसिप एक्सपेरियन्सलाई सहज बनाउने प्रयास गरेको जनाइएको छ।
‘दशैंको बहार, आयोन को उपहार’ योजना आयोन का आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको सिजी मोटर्सले बताएको छ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
