यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
काठमाडौं । नेपालमा सिजी मोटर्स द्वारा प्रतिनिधित्व गरिएको विद्युतीय सवारी ब्रान्ड आयोनले यस वर्षको दशैंलाई लक्षित गर्दै विशेष ‘दशैंको बहार, आयोन को उपहार’ योजना सार्वजनिक गरेको छ। सिजी मोटर्सका अनुसार,योजनामार्फत आयोनले नयाँ विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई आकर्षक सुविधा तथा विशेष लाभहरू उपलब्ध गराउने भएको छ।
दशैंको अवसरमा सार्वजनिक गरिएको यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक आर्थिक वर्षको सडक कर, एक वर्षको अटो प्लस बीमा, ६.६ किलोवाटको होम चार्जर तथा विभिन्न एसेसरिज प्राप्त गर्न सकिने जनाइएको छ ।
यस योजनाको अर्को प्रमुख आकर्षण इन्स्ट्यान्ट डेलिभरी रहेको छ भने यसअन्तर्गत ग्राहकले लामो समय पर्खनु नपर्ने गरी उपलब्ध मोडलअनुसार तत्कालै आफ्नो नयाँ आयोन घर लैजान सक्ने कम्पनीले बताएको छ।
विद्युतीय सवारीसाधनप्रति नेपाली ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सार्वजनिक गरिएको यस योजनाले ग्राहकलाई सवारी खरिदमा थप मूल्य र सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ। आर्थिक लाभसँगै बीमा, सडक कर, होम चार्जर तथा एसेसरिजजस्ता आवश्यक सुविधालाई योजनामा समेट्दै आयोनले ग्राहकको सम्पूर्ण ओनरसिप एक्सपेरियन्सलाई सहज बनाउने प्रयास गरेको जनाइएको छ।
‘दशैंको बहार, आयोन को उपहार’ योजना आयोन का आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको सिजी मोटर्सले बताएको छ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

