Jankari Kendra
९ आश्विन २०८३, शुक्रबार
Worldlink

सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, ९
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।

शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेर प्रतितोला चार हजार ६२० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स