क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभर १०० भन्दा बढी विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सेवा विस्तार तथा ग्राहक सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले फाइबर इन्जिनियर, फाइबर लिडर, फिल्ड सपोर्टलगायतका पदका लागि योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारबाट आवेदन आह्वान गरेको जनाएको छ ।
कम्पनीका अनुसार छनोट भएका कर्मचारीले मासिक रु. ३० हजारसम्म तलब, ओभरटाइम सुविधा, सीयूजी (CUG) सिम कार्ड, कार्यसम्पादनका आधारमा करिअर ग्रोथ, तालिम तथा सिकाइको अवसर र नेपालभर कार्य गर्ने अवसर प्राप्त गर्नेछन् । यी पदका लागि नेपालभरका विभिन्न शाखामा कार्यस्थल रहने कम्पनीले जनाएको छ ।
इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा (CV) career@classic.com.np मा पठाउन वा क्लासिक टेकको आधिकारिक वेबसाइट अथवा नजिकको शाखा कार्यालयमा सम्पर्क गरेर आवेदन दिन सक्नेछन्। कम्पनीले योग्य उम्मेदवारलाई समयमै आवेदन दिन आग्रह गरेको छ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

