एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधन (ईभी) खरिदका लागि विशेष ‘इभी अटो कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकले आधार दर (Base Rate) मा थप ०.५ प्रतिशत ब्याजदरबाट सुरु हुने गरी कर्जा सुविधा ल्याएको हो। वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्नुका साथै दिगो बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो योजना अघि सारिएको बैंकले जनाएको छ।
बैंकका अनुसार, सीमित अवधिका लागि उपलब्ध हुने यो कर्जा सुविधा नयाँ ईभी खरिदकर्तालाई लक्षित गरिएको हो। सरल तथा छिटो प्रक्रियामार्फत कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ। इच्छुक ग्राहकहरूले नाइमा अटो एक्सपोमा रहेको एनएमबि बैंकको स्टल नम्बर ०५ वा देशभर रहेका बैंकका शाखामार्फत कर्जाका लागि आवेदन दिन सक्नेछन्।
एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। नयाँ ईभी खरिदलाई सहज बनाउने उद्देश्यसहित ल्याइएको यस कर्जा योजनाले विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्न र वातावरणमैत्री यातायात प्रवद्र्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको बताइएको छ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

