२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
मेष राशि
आज विद्वान् तथा गुरुजनको साथ र प्रेरणा मिल्नेछ । आफ्नो प्रतिभा देखाउने अवसर पाउनुका साथै अतिरिक्त क्रियाकलापबाट पनि नाम कमाउन सकिनेछ । मान सम्मान र प्रतिष्ठा बढ्ने समय छ । आफूले सोचेको काम पूरा हुने सम्भावना रहेपनि नयाँ नयाँ महत्वाकांक्षा बढ्दै जानेछ । बोली र व्यवहारबाट अरूलाई प्रभावित पार्न सकिनेछ । दोहोर्याएर काम गर्नुपरे पनि अन्तिम नतिजा राम्रो नै आउनेछ ।
वृष राशि
व्यक्तिगत उन्नति र प्रगतिसम्बन्धी राम्रो खबर सुन्न पाइनेछ । पार्टनरबाट शुभकामना र साथ मिल्दा मन अझ खुसी हुनेछ । प्राविधिक तथा मेसिनरीसम्बन्धी काममा सफलता मिल्नेछ । सामाजिक क्षेत्र वा वित्तीय संस्थाबाट सहयोग जुटाउन सकिनेछ । उधारो दिएको पैसा वा ऋणसम्बन्धी कारोबार आज मुख्य विषय बन्न सक्छ । चिकित्सा, औषधि, काठ तथा फर्निचरको कारोबार गर्नेहरूका लागि दिन राम्रो छ ।
मिथुन राशि
आज कामको चाप र दौडधूप बढ्नेछ । खर्च समेत बढ्न सक्ने भएकाले पैसा र सामानको सुरक्षामा ध्यान दिनुहोला । एउटै काम र वातावरणबाट दिक्क लाग्न सक्छ । नयाँ कुरा सिक्ने र काम गर्ने तरिका परिवर्तन गर्ने इच्छा जाग्नेछ । बजेट मिलाएर अघि बढ्नु राम्रो हुनेछ । लगानी गर्ने सोचमा हुनुहुन्छ भने त्यसका फाइदा र बेफाइदा राम्ररी बुझेर मात्र निर्णय गर्नुहोला ।
कर्कट राशि
नयाँ काम सुरु गर्नका लागि राम्रो समय छ । बोनस वा अतिरिक्त आम्दानी हात पर्न सक्छ । साथीभाइसँग रमाइलो गर्ने अवसर मिल्नेछ । सकारात्मक सोच राखेर अघि बढ्दा मनको तनाव कम हुनेछ । आपसी समन्वयले समस्या समाधान गर्न सहयोग गर्नेछ । राजनीतिक वा प्रशासनिक काममा देखिएको समस्या समाधान हुन सक्छ । करार तथा सम्झौताबाट फाइदा लिन सकिनेछ ।
सिंह राशि
कारोबारमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । नयाँ योजना वा प्रस्ताव छ भने साझेदार तथा प्रतिस्पर्धीसँग छलफल गरेर अघि बढ्नु फाइदाजनक हुनेछ । घर परिवारमा सुख शान्ति रहनेछ । तर व्यवहार गर्दा आफ्नो कर्तव्य र मर्यादा भने ख्याल गर्नुहोला, नत्र सानो कुराले मनमुटाव हुन सक्छ । करियर र पेसाबारे नयाँ सोच आउन सक्छ । मेहनत र लगनशीलताले समस्याको समाधान निकाल्न सकिनेछ ।
कन्या राशि
धर्म कर्म तथा परोपकारी काममा समय दिनुपर्नेछ । समाज र छरछिमेकका काममा सक्रिय हुँदा मान सम्मान पाइनेछ । तर परिवारलाई पर्याप्त समय दिन नसक्दा घरमा केही असन्तुष्टि हुन सक्छ । भाग्यले साथ दिने दिन छ । कुनै प्रतियोगिता वा कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ भने सफलता र प्रशंसा मिल्ने सम्भावना छ । चुनौतीपूर्ण परिस्थितिलाई समेत सहज बनाउँदै आफ्नो प्रतिष्ठा कायम राख्न सकिनेछ ।
तुला राशि
आज विचार नमिल्दा अरूसँग मतभेद हुन सक्छ । मन नपरेको कुरामा जबर्जस्ती सहमत हुनुभन्दा आफ्नो कुरा स्पष्ट राख्नु राम्रो हुनेछ । सरकारी कार्यालय वा प्रशासनिक कामले तनाव दिन सक्छ । बाहिर निस्कँदा आवश्यक कागजपत्र साथमा राख्नुहोला । सोचेजस्तो सहयोग नपाउँदा बन्न लागेको काम समेत बिग्रन सक्छ । शरीरमा कमजोरी महसुस हुन सक्छ । कारोबारमा भने आफैं खटिएर काम गर्नु राम्रो हुनेछ ।
वृश्चिक राशि
आज कल्पना र भावनामा धेरै समय बित्न सक्छ । सफलता पाउन थप मेहनत गर्नुपर्ने भएकाले अनावश्यक मनोरञ्जनमा समय नफाल्नु राम्रो हुनेछ । पुराना साथीभाइसँग भेटघाट हुन सक्छ । व्यक्तिगत सम्बन्धलाई परिवार तथा नजिकका व्यक्तिसँग खुलेर राख्दा राम्रो परिणाम मिल्नेछ । घर परिवारका भावना र चाहनालाई बुझेर अघि बढ्नुहोला । काममा सफलता मिल्नेछ, तर परिवारका सदस्यको इच्छालाई पनि ध्यान दिनु आवश्यक छ ।
धनु राशि
अनावश्यक काममा समय खेर नफाल्नुहोला । महत्वपूर्ण घरायसी काममा साथीभाइको सहयोग लिन सकिनेछ । आफ्नो क्षमता देखाएर प्रतिष्ठा कमाउने अवसर मिल्नेछ । स्वाभिमान राम्रो कुरा भएपनि घमण्डले समस्या निम्त्याउन सक्छ । आज अलमल र चिडचिडापन बढ्न सक्छ । पार्टनरको व्यवहारप्रति अनावश्यक शंका गर्दा सम्बन्धमा तनाव आउनसक्ने भएकाले संयम अपनाउनुहोला ।
मकर राशि
नयाँ ज्ञान र सीप सिक्ने अवसर मिल्नेछ । धैर्य र लगनशील भएर काम गरेमा आफूले सोचेको लक्ष्य पूरा गर्न सकिनेछ । दीर्घकालीन लगानीबाट फाइदा हुने दिन छ । भौतिक सुख सुविधाप्रति आकर्षण बढ्नेछ । कर्मचारीको अभावले काममा केही असर पर्न सक्छ, तर घरपरिवारका कनिष्ठ सदस्यको सहयोग लिन सकिनेछ । टाढा रहेका छोराछोरीबाट राम्रो खबर सुन्न पाइनेछ ।
कुम्भ राशि
सानातिना समस्या आए पनि काम रोकिने छैन । काम गर्ने वातावरण सहज बन्नेछ । घर परिवारबाट शुभकार्यको खबर आउन सक्छ । कारोबारलाई नयाँ गति दिने प्रयास सफल हुनेछ । तर अरूको आश्वासन वा लोभमा परेर निर्णय नगर्नुहोला । आज काममा आफैं खटिनुपर्ने अवस्था आउन सक्छ । व्यस्तताकै बीच दिन बितेको पत्तो नहुन सक्छ ।
मीन राशि
पेसा तथा कार्य क्षेत्रमा व्यवहारिक भएर अघि बढ्दा आर्थिक लाभ मिल्नेछ । धार्मिक तथा सामाजिक काममा सक्रिय हुँदा आत्मसन्तुष्टि मिल्नेछ । समस्यामा परेका व्यक्तिलाई सहयोग गर्ने अवसर समेत आउन सक्छ । सहकर्मी वा जुनियरको काममा अल्झिँदा आफ्नो नियमित काममा केही बाधा आउन सक्छ । नयाँ तथा पुराना साथीभाइसँग समय बिताउँदा पार्टनरलाई समय दिन नसकिएला, तर व्यक्तिगत काम भने पूरा हुने देखिन्छ ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

