फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
काठमाडौँ । ललितपुरको ग्वार्कोमा मुख्य कार्यालय रही युवा सि.ए.हरु तथा विभिन्न क्षेत्रमा आबद्ध दक्ष जनशक्तिद्वारा सञ्चालित फिनोभेटिभ ग्रुप प्रा. लि.को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभामा कम्पनीका अध्यक्ष सन्तमान महर्जनले संस्थागत सुशासन, जिम्मेवार लगानी र दीर्घकालीन मूल्य सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्न कम्पनीमा संचालक समितिका साथ–साथै व्यवस्थापन समिति तथा लगानी समिति रहेको बताए । सभाले आगामी ३ वर्षभित्र कम्पनीको पुँजी विस्तार गरी रु. ३० करोड पुर्याउने वित्तीय प्रक्षेपण पारित गरेको जनाइएको छ । हाल कम्पनीको जारी पुँजी १० करोड र चुक्ता पुँजी ४ करोड १६ लाख रुपैयाँ रहेको बताइएको छ । कार्यक्रममा कम्पनीका संचालक जनक तिवारीले वित्तीय अवस्था, प्रगति विवरण तथा भावी कार्ययोजना सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।
यसैगरी, कात्तिक १ गतेदेखि लागू हुने गरी प्रतिशेयर ५ रुपैयाँ प्रिमियम थप गरी १०५ रुपैयाँका दरले थप लगानी गर्न पाउने तथा क्वालिफाइड इन्स्टिच्युसनल इन्भेस्टरको अनुमतिपत्र लिने प्रस्तावहरु पारित भएको कम्पनीले जनाएको छ । कम्पनीले पुँजी बजार, सेवामूलक तथा उत्पादनमूलक क्षेत्रमा जोखिम र प्रतिफलको मूल्याङ्कन गरी पोर्टफोलियो विविधीकरण गर्ने रणनीति लिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले फिनोभेटिभ ग्रुपले छोटो अवधिमै व्यवस्थित र पारदर्शी ढंगले आफ्नो आधार निर्माण गर्न सफल भएको बताए ।
सम्बन्धित समाचार
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

