Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

रामेछापको चौरीखर्क आसपास केन्द्र बनाएर ५.६ रेक्टरको भूकम्प, काठमाडौं पनि हल्लियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, मंसिर, १३
रामेछापको चौरीखर्क आसपास केन्द्र बनाएर ५.६ रेक्टरको भूकम्प, काठमाडौं पनि हल्लियो

काठमाडौं, १३ मंसिर ।

काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। रामेछाप र सोलखुम्बुको सीमाना चौरीखर्क आसपास आसपासलाई केन्द्र बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर २० मिनेटमा गएको भूकम्प ५.६ रेक्टर स्केलको थियो । यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं सहित मुलुकको पूर्वी तथा मध्य भागमा राम्रो गरी महशुश भएको हो । काठमाडौं उपत्यकामा मानिसहरु घर बाहिर निस्किएका थिए। भूकम्पले वेष्ट बंगाल क्षेत्रमा पनि धक्का दिएको छ।

Top Changing Nepal

युट्युब सट्स