Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, ११
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग

काठमाडौं। भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल पठाएको छ । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढी पछि भारतले दोस्रो लटको औषधीजन्यसहित ३७.५ टन थप सामग्री नेपाल पठाएको हो ।

‘नेपालका लागि ३७.५ टन बराबरको मानवीय सहायता तथा विपद् राहतसामग्री, औषधि र खाद्य सामग्री बोकेको दोस्रो उडान भर्खरै प्रस्थान गरेको छ,’ भारतीय बिदेश मन्त्री एस जयशंकरले जानकारी दिदैं भनेका छन, ‘भारत नेपाली अधिकारीहरूसँग निरन्तर र घनिष्ठ सम्पर्कमा रहिरहेको छ। हामी जारी राहत कार्यहरूमा सशक्त सहयोग गरिरहने छौं।’

हिजो साँझ पनि भारतले १० टन सामाग्री नेपाल पठाएको थियो । भैतिक सामाग्री सहयता गर्नेमा भारत पहिलो र अहिलेसम्मको एक्लो देश हो ।

Top Changing Nepal

युट्युब सट्स