भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई राहत प्याकेज, नाडाद्वारा स्वागत
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग ,व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले ल्याएको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ।
सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै भन्सार तथा कर छुट,कर्जा पुनर्सरचना तथा पुनर्तालिकीकरण,ब्याजमा सहुलियत ,थप कर्जा तथा बीमा दाबी भुक्तानी सहज बनाउने व्यवस्था गरेको बताइएको छ । नाडाले यी निर्णयले विपद बाट प्रभावित व्यवसायलाई तत्काल राहत दिनुका साथै पुनः सञ्चालनको वातावरण बनाउन सहयोग पुग्ने जनाइएको छ।
बाढीका कारण पूर्णरुपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यवसायिक सवारीसाधन तथा ढुवानीका साधन पुनः आयात गर्दा भन्सार महसुल छुट दिने निर्णयले अटोमोबाइल तथा ढुवानी व्यवसायीलाई ठुलो राहत पुग्ने नाडाको भनाइ छ । क्षतिग्रस्त मेसिनरी तथा उपकरण पुनः आयातमा दिइएको सहुलियत पनि पुनः स्थापनाका लागि महत्वपुर्ण रहेको नाडाले जनाएको छ।
नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सरकारको कदम सकारात्मक रहेको बताउँदै निर्णयको शीघ्र,सरल र प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । त्यस्तैगरी वास्तविक क्षतिको अध्ययन गरी आवश्यकता अनुसार दास्रो चरणको पुनरुत्थान प्याकेजसमेत ल्याउन नाडाले सरकारसँग आग्रह गरेको बताइएको छ।
सम्बन्धित समाचार
नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

