नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
काठमाडौं । अगस्टमा आएको विनाशकारी बाढीले रसुवा लगायत देशका विभिन्न भागमा ठूलो क्षति पुर्याउँदै कैयौँ परिवारलाई घर, सम्पत्ति र कतिपय अवस्थामा आफ्ना प्रियजनसमेत गुमाउन बाध्य बनाएको छ।
विपत्ति पछिका दिनहरूमा क्षतिको वास्तविक स्वरूप अझ स्पष्ट हुँदै गएको छ भने, लगभग सबैथोक गुमाएका परिवारहरूसम्म सहयोग पुर्याउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यामाहा नेपाल परिवार साथै यामाहा २-व्हीलर डिभिजन, देशभरका यामाहा डिलरहरू तथा यामाहा राइडरहरू राहत तथा सहयोग अभियानमा एकजुट भएका छन्।
यामाहा डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त रूपमा सोलिडारिटी फन्डबाट रु. १५,००,००० योगदान गर्नुका साथै यामाहा डीभिशनको जेन-जी टिमले आफ्नै व्यक्तिगत बचतबाट रु.१५,००० सहयोग गरेको बताइएको छ।
सम्पूर्ण यामाहा नेपाल परिवारले पनि यही जिम्मेवारीलाई आत्मसात् गर्दै आफूले सक्ने माध्यमबाट सहयोग गर्ने निर्णय गरेका जनाइएको छ । यो सामूहिक प्रयासले सहयोगको सबैभन्दा बढी आवश्यकता भएका मानिसहरूसम्म पुगेर उनीहरूलाई केही राहत र भरोसा प्रदान गर्न सकोस् भन्ने सम्पूर्ण यामाहा नेपाल परिवारको अपेक्षा छ।
पुनः स्थापना र पुनर्निर्माणको यात्रा जारी रहँदा, यामाहा नेपालका प्रभावित समुदायहरूसँग आफूले सक्ने हरेक तरिकाले र आवश्यक समयसम्म साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछ।
सम्बन्धित समाचार
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
ट्रेन्डिङ
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
