Jankari Kendra
२८ भाद्र २०८३, आईतवार
Worldlink

चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, २८
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

काठमाडौँ । चितवन क्षेत्रका लागि एमएडब्लू बृद्दि अटोकर्प प्रा.लि अन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्रा. लि. ले नयाँ नेभो क्यू०५ लाई आगामी साता चितवनमा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। कम्पनीका अनुसार, सार्वजनिक गर्नुअघि ग्राहकहरूले भदौ २९ देखि ३१ गतेसम्म दिपल चितवन शोरुमा नेभो क्यू ०५ को विशेष टेस्ट ड्राइभमार्फत गाडीलाई प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन पोर्टफोलियोअन्तर्गत, नेपालमा दिपलले स्टाइलिस तथा अत्याधुनिक प्रविधियुक्त प्रिमियम इभी इभी को प्रतिनिधित्व गर्दै आएको बताइएको छ। यसै पोर्टफोलियोलाई थप विस्तार गर्दै नेभा क्यू ०५ ले नेपालमा विद्युतीय एसयूभी अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको जनाइएको छ। आफ्नो सेग्मेन्टमा पछिल्लो ५ महिनादेखि चीनको नम्बर १ एसयूभी का रूपमा स्थापित क्यू ०५ ले कम्फर्ट, डिजाइन र प्रविधिमा ‘ अ क्लास अबोभ’ अनुभव प्रदान गर्ने लक्ष्यसहित अत्याधुनिक इभी प्रविधि, आकर्षक डिजाइन तथा स्मार्ट मोबिलिटीलाई एकैसाथ प्रस्तुत गरेको कम्पनीले बताएको छ।

नयाँ नेभो क्यू ०५ ले शहरी यात्राका लागि उपयुक्त बाहिरी आयामसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्छ भने यसको २,७३५ मिमि ह्वीलबेसले विशेषगरी पछाडिका यात्रुहरूका लागि पर्याप्त स्पेस उपलब्ध गराउने जनाइएको छ। चाङ्गानका अनुसार,पछाडिका सिटहरूलाई आवश्यकता अनुसार ढल्काउन मिल्ने भएकाले यात्रामा थप आराम प्राप्त हुन्छ भने ५४० लिटरको बुट स्पेसले सामान, किनमेल तथा पारिवारिक यात्राका लागि पर्याप्त स्थान प्रदान गर्छ।

क्यू ०५ को अर्को प्रमुख विशेषता यसको आकर्षक डिजाइन रहनुका साथै यो गाडी ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनलहरू सम्मिलित चाङ्गानको ग्लोबल डिजाइन नेटवर्कमार्फत विकास गरिएको बताइएको छ। यस डिजाइन टोलीको नेतृत्व चाङ्गानका ग्लोबल डिजाइन भाइस प्रेसिडेन्ट तथा पूर्व फक्सवागन ग्रुप डिजाइन प्रमुख क्लाउस जाइसिओराले गरेका छन्।

नयाँ क्यू०५ मा सफा तथा एरोडाइनामिक प्रोफाइल, विशिष्ट लाइटिङ सिग्नेचर र फराकिलो तथा आत्मविश्वासी रोड प्रेजेन्स देख्न सकिने जनाइएको छ। यसको डिजाइनले अन्तर्राष्ट्रिय स्तरमा समेत गोल्डेन ए’ डिजाइन अवार्ड प्राप्त गरिसकेको कम्पनीको दाबी छ।

नेभोक्यू ०५ मा ५१.९ किलोवाट-घण्टा क्याटिएल लिथियम–आइरन–फस्फेट (एलएफपी) ब्याट्री जडान गरिएको छ, जसलाई चाङ्गानको गोल्डेन शिल्ड २.० ब्याट्री सिस्टम टेक्नोलोजीसँग एकीकृत गरिएको बताइएको छ। यसले ३ सी फास्ट चार्जिङ सपोर्ट गर्छ र अधिकतम १६२ किलोवाट डीसी चार्जिङ क्षमता प्रदान गर्न सक्ने कम्पनीको विश्वास छ।

नेभो क्यू०५ ले अन्तर्राष्ट्रिय बजारमा समेत बलियो सफलता हासिल गरिरहेको जनाएको छ। अगस्ट २०२६ को अन्त्यसम्म क्यू ०५ को कुल बिक्री १,२५,००० युनिटभन्दा बढी पुग्नुका साथै यसले चीनमा लगातार चार महिनासम्म कम्प्याक्ट एसयूभी बिक्रीमा अग्रणी स्थान हासिल गरेको बताइएको छ।

चाङ्गान नेभोका अनुसार,फराकिलो केबिन, अन्तर्राष्ट्रिय रूपमा प्रशंसित डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनसहित एनईभो क्यू०५ नेपालमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने तयारीमा छ—एक यस्तो अनुभव, जुन वास्तवमै ‘ए क्लास अबोभ’ छ।

चाङ्गान नेपालबारे

चाङ्गान अटोमोबाइल चीनका सबैभन्दा ठूला तथा लामो औद्योगिक इतिहास बोकेका अटोमोबाइल निर्मातामध्ये एक हो र चीनका ‘जाइन्ट फोर’ प्रमुख अटोमोबाइल समूहमध्ये एक हो। १०० भन्दा बढी देशमा उपस्थिति तथा १८,००० भन्दा बढी इन्जिनियरहरूको विश्वव्यापी टोलीसहित चाङ्गानले इन्टेलिजेन्ट, नयाँ ऊर्जा तथा नेक्स्ट–जेनेरेशन मोबिलिटीको क्षेत्रमा अग्रणी पहिचान बनाएको कम्पनीको दाबी छ।

एमएडब्लू वृद्धि अटोकर्प प्रा. लि.बारे
एमएडब्लू वृद्धि अटोकर्प प्रा. लि.नेपालमा चाङ्गान अटोमोबाइल तथा यसका सब-ब्रान्डहरू दिपल, नेभा र अवतारको आधिकारिक डिलर हो। कम्पनीले नेपाली बजारमा अत्याधुनिक प्रविधि, नवीन डिजाइन तथा नेक्स्ट–जेनेरेशन मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको जनाएको छ।

राजहंस अटोमोबाइल प्रा.लि. — चितवनको आधिकारिक दिपल शोरुमबारे
राजहंस अटोमोबाइल प्रा.लि. सन् २०८१ मा अध्यक्ष दिलीप थनेतको नेतृत्वमा स्थापना भएको हो। भरतपुर–१०, चितवनमा अवस्थित कम्पनीले अत्याधुनिक शोरुम तथा एकीकृत सर्भिस सेन्टरमार्फत ग्राहकलाई सहज तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको कम्पनीले बताएको छ।

 

Top Changing Nepal

युट्युब सट्स