भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
काठमाडौँ । नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ। भेस्पा, अप्रिलिया प्रति बढ्दै गएको युवापुस्ताको रुचि र ग्राहकवर्गको सहजतालाई मध्यनजर गर्दै धनगढीमा नयाँ शोरुम खोलिएको कम्पनीले जनाएको छ। यहि २०८३ असोज ९ गते विशेष कार्यक्रम बीच शोरुम उद्घाटन भएको बताइएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डेल्टा अटोकर्प प्रा.लि.का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले भने ” युवापुस्ताको पहिलो रोजाइमा पर्ने स्कुटर भेस्पा, अप्रिलियालाई देशैभर सहज उपलब्ध गराउने हाम्रो योजना अनुरुप आज धनगढीमा नयाँ शोरुम उद्घाटन गर्न पाउदा हामी अत्यन्तै उत्साहित छौं। यस शोरुमबाट अबको दिनमा अन्य शोरुमबाट झैं सेवा, सुविधा प्रदान गर्नेछ। ग्राहकवर्गको इच्छा र अपेक्षा पूरा गर्नु नै हाम्रो लक्ष्य रहेको र सोही अनुरुपको सेवा, सुविधा बिस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं।”
कम्पनीले देशैभर शोरुम र आधिकारिक सर्भिस सेन्टरको सुविधा बढाउँदै आइरहेको जनाएको छ।
धनगढी उप महानगरपालिका ४ स्थित वेस्टर्न म्याक नेपाल प्रा.लि.बाट अब नाडामा हालसालै लञ्च भएको नेपालकै पहिलो १७५ सिसीको, एकदमै पावरफुल, स्टाइलिस र बेस्ट पर्फर्मेन्सको नयाँ अप्रिलिया एसआर १७५ र भेस्पाको अत्यन्तै आकर्षक लाइल्याक र ओरो गोल्डेनको दुई नयाँ कलर सहित आफ्नो चाहना अनुरुपको मोडल तथा कलरमा भेस्पा तथा अप्रिलिया स्कुटर खरिद गर्न सकिने कम्पनीले बताएको छ।
सम्बन्धित समाचार
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

