Jankari Kendra
१२ आश्विन २०८३, सोमबार
Worldlink

एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, १२
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट

काठमाडौँ । यस चाडपर्वको अवसरमा एक्सपेङले ग्राहकहरूका लागि १२ लाखसम्मका विशेष छुट सहित सेलिब्रेसन अपग्रेड ल्याएको छ। कम्पनीका अनुसार,प्रिमियम विद्युतीय मोबिलिटीको अनुभवलाई थप सहज र आकर्षक बनाउन यो अफरमा विभिन्न विशेष सुविधाहरू समावेश छन्।

ग्राहकहरूले आफ्नै घरबाट एक्सपेङ जी ६ को टेस्ट ड्राइभ लिन सक्नेछन् भने यस सुविधामार्फत घरमै बसेर एक्सपेङ जी ६ को प्रविधि, आराम र विद्युतीय ड्राइभिङ अनुभव लिन सकिने जनाइएको छ।

यस विशेष अफरअन्तर्गत ६.६ किलोवाट होम चार्जर, १ वर्षको बीमा र १ आर्थिक वर्षको रोड ट्याक्स उपलब्ध हुनेछ, जसले एक्सपेङ जी ६ को ग्राहक अनुभवलाई थप सहज बनाउने बताइएको छ।

कम्पनीका अनुसार,चाडपर्वको उत्सवसँगै आफ्नो ड्राइभिङ अनुभवलाई पनि अपग्रेड गर्न चाहने ग्राहकका लागि एक्सपेङ जी ६ ले स्मार्ट र प्रिमियम विद्युतीय मोबिलिटीको नयाँ अनुभव प्रदान गर्दछ।

Top Changing Nepal

युट्युब सट्स