Jankari Kendra
१६ आश्विन २०८३, शुक्रबार
Worldlink

आज तराईका केही स्थानमा हुस्सु लाग्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, १६
आज तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौँ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको छ। देशका तराई भू-भागका थोरै ठाउँमा हुस्सु लागेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागमा र देशका तराई भू-भागमा आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यम तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

रातिस् कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भू-भागका साथै गण्डकी प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। गण्डकी प्रदेशको हिमाली भू-भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

हाल कुनै मौसमी चेतावनी जारी गरिएको छैन। तथापि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स