Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

केसि को स्वाश्थ भन्दा पद् ठुलो हैन भन्दै त्रि.वि.का डिनले राजिनामा दिए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, मंसिर, १७
केसि को स्वाश्थ भन्दा पद् ठुलो हैन भन्दै त्रि.वि.का डिनले राजिनामा दिए

 काठमान्डाैं

आईओएमका नवनियुक्त डिन केपी सिंहले शुक्रवार राजिनामा दिएका छन् । डा गोविन्द केसीको जीवन भन्दा ठूलो आफ्नो पद नभएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँसमक्ष राजिनामा पेश गरेका हुन् ।

डा केसी नियम विपरित आईओएममा डिन नियुक्त गरिएको भन्दै विगत २० दिनदेखि अनशनमा छन् । उनको स्वास्थ्य अवस्था बिग्रदो छ । डा केसीकै स्वास्थ्यलाई ध्यानमा राखेर आफूले राजिनामा दिएको डा सिंहले बताएका छन् । यसअघि त्रिवि उपकुलपति कार्यालयले ९ महिनापछि कात्तिक २८ गते मात्रै आइओएमको डिनमा प्रा डा. सिंहलार्इ नियुक्त गरेको थियो। डीन सर्च कमिटीले सिफारिस गरेका प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केशवप्रसाद सिंह र प्रा डा ज्योति शर्मामध्ये त्रिवि उपकुलपति कार्यालयले सिंहलार्इ अाइअोएमको डीनमा नियुक्त गरेको थियो।

Top Changing Nepal

युट्युब सट्स