सरकारी तथा गैरसरकारी कार्यालयहरू लाई पार्दर्शी बनाउन – लोकपाल
जानकारी केन्द्र
२०७३, मंसिर, १९
रविन्द्र यादव, परासी, १९ मंसिर । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुद्धारा सञ्चालन भईरहेको पोषणसम्बन्धि कार्यक्रमहरुमा पारदर्शि र जवाफदेहीताको अवस्था कायम राख्न जिल्लास्थित सरोकारवालाहरुले जोड दिएका छन । यसका लागि सामाजिक जवाफदेहीताको प्रभावकारी माध्यमको रुपमा लोकपाल उपयोगी हुनसक्ने आज नवलपरासीमा फ्र्रिडम फोरमद्धारा अयोजीत कार्यक्रममा उनीहरुले बताएका हुन् । बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रभावकारीताका लागि लोकपाल अवधारणा र कार्यान्वयनको सम्भावना बिषयक गोष्ठिमा बोल्दै सहभागीहरुले जन स्थास्थ्यसँग प्रत्यक्ष जोडिएको पोषण कार्यक्रमको प्रभावकारीताको लागि लोकपालले प्रभावकारी भुमिका खेल्ने बताए । बहुक्षेत्र शिक्षा, स्वास्थ्य, कृषि र खानेपानि लगायत अन्य क्षेत्रको काम कार्यवाही पादर्शी पार्नको लागि नवलपरासी जिल्लामा लोकपालको अभ्यासको लागि विशेष पहल भईरहेको छ । अम्बुडसम्यान सिद्धान्त तथा मुल्यमान्यताको लागि लोकपाल अवधारणा नेपालमा अपनाउदै सरकारी गैरसरकारी निकायलाई जवाफदेहि बनाउन लोकपाल ल्याईएको फ्रिडम फोरम का कार्यकारी प्रमुख तारानाथ दहालले बताउनुभयो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

