Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

संसोधनको विपक्षमा लाग्नेलाई कारवाही गर्ने देउवाको चेतावनी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, मंसिर, २०
संसोधनको विपक्षमा लाग्नेलाई कारवाही गर्ने देउवाको चेतावनी

काठमाडौं २० मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सविधान संसोधनको विपक्षमा गए कारवाही गर्ने चेतावनी दिएका छन् । उनले अहिलेको संसोधन प्रस्ताव कांग्रेसको भएकोले त्यसलाई पारित गराउने अभियान लाग्न र विरोधमा नजान चेतावनी दिए ।

बिहान आफ्नो निवास बुढानिलकण्डमा संसोधनमा असन्तुुष्ट रहेका नेताहरुलाई बोलाएर उनी संसोधन प्रस्तावमो विरोध नगर्न चेतावनी दिएका हुन् ।

देउवाले संसदमा दर्ता भएको संविधान ससोधन प्रस्ताव बहुमतले पारित हुने वाताबरण बनिरहेकाले पार्टीभित्रैबाट त्यसको विरोधमा जानुु गलत भएको बताए । संशोधन प्रस्ताव अघि बढी सकेकाले अब पछि नहट्ने देउवाले स्पष्ट पारे । प्रस्ताव पारित गराउन प्रधानमन्त्री प्रचण्ड भन्दा देउवा खरो बनेका छन् ।

उनले भने ‘संविधान संसोधन अघि बढीसक्यो, बहुमतले पारित हुन्छ, तपाइँहरू ढुक्क हुनुहोस् अब विरोध गर्ने होइन समर्थनमा जानुपर्छ ।’ मधेश र पहाडको विषय झिकेर गरिने आन्दोलनले निकास ननिस्कने उनको धारणा छ ।

स्थानीय निकायको निर्वाचन भने पुरानै संरचनाका आधारमा हुने संभावना रहेकोले अब पार्टीलाई चुनावमा केन्द्रित गर्नुपर्नेमा देउवाको भनाई थियो ।  असन्तुुट नेतासँग उनले एकघण्टा लामो छलफल गरेका थिए ।

Top Changing Nepal

युट्युब सट्स