नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
काठमाडौं । जोरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ । कलेजले योग्य तथा इच्छुक उम्मेदवारलाई लक्षित गर्दै रिक्त पदहरूमा आवेदन आह्वान गरेको हो ।
कलेजद्वारा प्रकाशित सूचना अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, हेमोडायलाइसिस टेक्निसियन, प्रशासनिक सहायक र कम्प्युटर अपरेटर पदमा आवेदन दिन सकिनेछ ।
शैक्षिक पदतर्फ इमर्जेन्सी मेडिसिनमा एमडीजीपी, रेडियोलोजीमा एमडी, मेडिकल इमेजिङ टेक्नोलोजीमा एमएस्सी, बायोकेमेस्ट्री र फिजियोलोजीमा एमडी गरेका उम्मेदवारलाई अवसर खुलाइएको जनाइएको छ । सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्ने कलेजले बताएको छ ।
स्टाफ नर्स पदका लागि नर्सिङमा बीएस्सी वा पीसीएल उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । मिडवाइफरी तथा आईसीयूमा तालिम प्राप्त र अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

आईटी सहायक पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । नेटवर्क तथा सिस्टम सपोर्ट, हार्डवेयर, सफ्टवेयर, सर्भर व्यवस्थापन, नेटवर्क समस्या समाधान र प्राविधिक सहयोगसम्बन्धी ज्ञान भएका उम्मेदवारलाई प्राथमिकता दिइने जनाइएको छ । त्यस्तै, कलेजले सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पनि माग गरेको छ ।
यस्तै, नेपाल मेडिकल कलेजका अनुसार, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट र हेमोडायलाइसिस टेक्निसियन पदका लागि सम्बन्धित विषयको शैक्षिक योग्यता तथा तालिम आवश्यक पर्ने छ । कार्यअनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ भने प्रशासनिक सहायकका लागि सम्बन्धित विषयमा स्नातक तह र कम्प्युटर अपरेटरका लागि सम्बन्धित क्षेत्रमा स्नातक तह तथा आधारभूत ग्राफिक्ससम्बन्धी ज्ञान आवश्यक पर्ने सूचनामा जनाइएको छ ।
इच्छुक उम्मेदवारले कलेजको आधिकारिक करिअर वेबसाइट https://www.nmcth.edu/career मार्फत अनलाइन आवेदन दिन सक्नुका साथै आवेदन इमेलमार्फत पठाउन चाहनेले career@nmcth.edu मा आफ्नो विवरण पठाउन सक्ने कलेजले जनाएको छ ।
कलेजले आवेदन दिने अन्तिम मिति २०८३ कात्तिक २१ गते तोकेको छ । उम्मेदवारलाई आवेदन दिनुअघि सम्बन्धित पदको योग्यता, आवश्यक कागजात र सूचनामा उल्लेख गरिएका सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरिएको छ ।यस अवसरले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, प्राविधिक तथा प्रशासनिक क्षेत्रमा काम गर्न इच्छुक योग्य जनशक्तिलाई नेपाल मेडिकल कलेजसँग आबद्ध हुने अवसर प्रदान गर्नेछ भने कलेजले झन्डै तीन दशकदेखि नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवामा अनवतरत योगदान पुर्याउँदै आइरहेको दाबी गरिएको छ ।
सम्बन्धित समाचार
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
ट्रेन्डिङ
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
