नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
काठमाडौं। भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने अग्रणी तथा सबैभन्दा ठूला उत्पादकमध्ये एक फ्रीमांसले चर्चित नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई नेपाली मार्केटका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
यो सहकार्य फ्रीमांसको नेपाल आगमनको एक महत्त्वपूर्ण उपलब्धि रहेको बताइएको छ। यससँगै ब्रान्डले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै नेपाली मार्केटमा अग्रणी ब्रान्डका रूपमा स्थापित हुने लक्ष्य लिएको छ। यस साझेदारीमार्फत फ्रीमांसले नेपाली उपभोक्ता, खुद्रा विक्रेता तथा च्यानल पार्टनरहरूसँगको सम्बन्ध थप सुदृढ बनाउनुका साथै आफ्नो विस्तारित उत्पादन सूचीमा रहेका मेजरिंग टेप, पावर टुल्स तथा ह्याण्ड टुल्सप्रति जनचेतना फैलाउने र माग बढाउने लक्ष्य राखेको जनाइएको छ।
फ्रिमांसका अनुसार,आफ्नो बहुआयामिक खेल कौशल, निरन्तर उत्कृष्ट प्रदर्शन र प्रतिस्पर्धी भावनाका लागि परिचित दीपेन्द्र सिंह ऐरीमा फ्रीमांसले आफ्नो ब्रान्डको भावनासँग मेल खाने गुणहरू देखेको छ। सटीकता, उत्कृष्ट कार्यसम्पादन, विश्वसनीयता र दृढ संकल्पजस्ता गुणहरू फ्रीमांसका पहिचान हुन् भने नेपाली क्रिकेटप्रेमीसँग दीपेन्द्रको बलियो सम्बन्धका कारण उनलाई उपभोक्ता तथा व्यावसायिक क्षेत्रका धेरै व्यक्तिहरूसम्म पुग्न चाहने फ्रीमांसका लागि उपयुक्त साझेदार बनाएको बताइएको छ।
यस सहकार्यका बारेमा प्रतिक्रिया दिँदै एफ एम आई लिमिटेड (फ्रीमांस) का कार्यकारी निर्देशक साहिल नायरले भने, “फ्रीमांसका लागि नेपाल एक महत्त्वपूर्ण र रणनीतिक मार्केट हो। हाम्रो लक्ष्य यहाँ आफ्ना उत्पादन उपलब्ध गराउनु मात्र होइन। हामी नेपाललाई बुझ्ने, नेपाली मार्केटप्रति प्रतिबद्ध र आफ्ना साझेदार एवम् ग्राहकहरूको विकासमा सक्रिय योगदान पुर्याउने ब्रान्डका रूपमा आफ्नो पहिचान बनाउन चाहन्छौं। दीपेन्द्र सिंह ऐरीले महत्त्वाकाङ्क्षी, मेहनती र उत्कृष्ट प्रदर्शनमा विश्वास गर्ने नयाँ पुस्ताको नेपालको सशक्त प्रतिनिधित्व गर्छन्। उनलाई फ्रीमांस परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। साथै, हामीले उनीसँगको यो सहकार्य अर्थपूर्ण र दीर्घकालीन बन्ने अपेक्षा गरेका छौँ।”
दीपेन्द्र सिंह ऐरीले भने, “फ्रीमांससँग जोडिन पाउँदा म निकै खुसी छु। गुणस्तर, सटीकता र विश्वसनीयताका लागि परिचित यस ब्रान्डसँग यसको नेपाली बजारको यात्रामा हिस्सा बन्न पाउँदा उत्साहित छु। मैले फ्रीमांस सँगको सहकार्य मार्फत नेपाली उपभोक्ता र व्यवसायीहरूसँग यस ब्रान्डको सम्बन्ध स्थापित गर्न योगदान पुर्याउने अपेक्षा गरेको छु।”
फ्रीमांसले मेजरिंग टेपबाट आफ्नो उत्पादन रेन्ज विस्तार गर्दै आफ्नो पोर्टफोलियोमा स्पिरिट लेभल, मेजरिंग व्हिल, ह्याण्ड टुल्स, प्रेसिजन मेजरिंग टुल्स, डिजिटल मेजरिंग टुल्स तथा पावर टुल्स एक्सेसरिज समेत समेटेको जनाइएको छ। यसबाट कम्पनीले व्यावसायिक क्षेत्रका विज्ञ, प्राविधिक कामदार तथा आम उपभोक्ताका लागि आवश्यक पर्ने विभिन्न समाधानहरू उपलब्ध गराउँदै आएको कम्पनीको दाबी छ।
बलियो वितरण सञ्जाल र अन्तर्राष्ट्रिय मार्केटमा स्थापित उपस्थिति भएको फ्रीमांस अहिले नेपालमा आफ्नो पहुँच र संलग्नता थप विस्तार गर्दै डिलर, खुद्रा विक्रेता तथा उपभोक्ताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन केन्द्रित रहेको बताइएको छ । दीपेन्द्र सिंह ऐरीसँगको साझेदारीले स्थापित टुल्स ब्रान्डप्रतिको विश्वास र नेपालका चर्चित खेलाडीको लोकप्रियता तथा पहुँचलाई एकसाथ जोड्दै यस यात्रामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जनाइएको छ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
ट्रेन्डिङ
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
