नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
काठमाडौं । उपभोग्य वस्तुहरू उत्पादन गर्ने अग्रणी कम्पनी मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक पहल एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिएको बताइएको छ। यस सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा जन्मिएका नवजात शिशु तथा साना बालबालिकाको हेरचाहका लागि सहयोग पुर्याइने जनाइएको छ।
पछिल्लो सहकार्यअन्तर्गत प्यारासुट एडभान्स्ड बेबीले उपत्यकाका सरकारी तथा निजी अस्पतालहरूमा १५ हजार थान बेबी केयर उत्पादनहरू वितरण गरेको बताइएको छ। वितरण गरिएका उत्पादनमा प्यारासुट एडभान्स्ड बेबी रिफ्रेशिंग पाउडर, नरिशिंग क्रिम र नरिशिंग सोप प्रत्येकका ५ हजार थान रहेका कम्पनीले जनाएको छ।
शिशु जन्मिएपछिका सुरुवाती दिनमा परिवारलाई शिशु हेरचाहका सामग्री उपलब्ध गराउनुका साथै नवजात शिशुको त्वचाको उचित हेरचाहबारे जनचेतना अभिवृद्धि गर्नु यस पहलको उद्देश्य रहेको जनाइएको छ।
एक एक पाइलाका व्यवस्थापक,अशोक पाण्डेले भने,“प्यारासुट एडभान्स्ड बेबीसँगको निरन्तर सहकार्यका कारण हामीले उपत्यकाका विभिन्न अस्पतालमा पुगेर बेबी केयर उत्पादनहरू परिवारसम्मै पुर्याउन सकेका छौं। यो पहलको निरन्तरताले गर्दा परिवारहरूमा नवजात शिशुको उचित हेरचाहको महत्त्वबारे सचेतना बढ्दै गएको पाउँदा खुसी लागेको छ।”
यस पहलको उद्देश्यबारे मारिकोले भन्यो,“प्यारासुट एडभान्स्ड बेबीमार्फत हामी हरेक अभिभावकको यात्रामा पहिलो दिनदेखि नै विश्वासिलो साथी बन्न चाहन्छौं। हामी एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिँदै परिवारहरूलाई नवजात शिशुको स्वास्थ्य र स्याहारमा सहयोग गर्ने सुरक्षित र कोमल उत्पादनहरू सहजै उपलब्ध गराउन चाहन्छौँ।”
नवजात शिशुको संवेदनशील छालाका लागि सुरक्षित र कोमल रहेको भनी क्लिनिकल परीक्षणबाट प्रमाणित प्यारासुट एडभान्स्ड बेबी उत्पादन श्रृंखलामा छालालाई नरम र ओसिलो राख्न नरिशिंग क्रिम र लोशन, मुलायम ढंगले सफा गर्न टियर-फ्री श्याम्पू, भिटामिन ई र एफ युक्त मसाज तेल, रिफ्रेशिंग पाउडर, नरिशिंग सोप तथा हालै बजारमा उपलब्ध गरिएको आल्मोन्ड मिल्क र ओलिभ ओइलयुक्त जेन्टल वाइप्स समावेश रहेका बताइएको छ।
यो सहकार्य आगामी दिनमा पनि काठमाडौं उपत्यकाका सरकारी तथा निजी अस्पतालमा नवजात शिशु र साना बालबालिकासम्म पुग्नेछ भने यसमार्फत शिशुको जीवनका सुरुवाती चरणमा परिवारलाई बेबी केयर उत्पाधन उपलब्ध गराउन सहयोग गरिने जनाइएको छ।
सम्बन्धित समाचार
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
ट्रेन्डिङ
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
