मंगलबार नेप्सेमा ६.६२ अंकको वृद्धि
काठमाडौं। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.६२ अंक बढेर २६६४.१३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.४८ अंक, फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
१३ मध्ये नौ उपसमूहको परिसूचक बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०७ प्रतिशत बढेको छ। बैंकिङ, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। सोमबार सात अर्ब १८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज पाँच अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँबराबरको एक करोड ५४ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
मंगलबार ग्लोबल आइएमई बैंक २३ करोड १४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको करिब साढे १९ करोड र कुमारी बैंकको १९ करोड रुपैयाँ कारोबार भएको छ।
आज शिखर पावर डेभलपमेन्टको सेयरमूल्य सर्वाधिक ५.९४ प्रतिशत बढेको छ। रिभर फल्स पावरको सेयरमूल्य करिब ६ प्रतिशत र अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।
सम्बन्धित समाचार
नेपाल–पाकिस्तानबीच व्यापारिक सम्बन्ध विस्तारको तयारी, लगानी र सहकार्यका नयाँ अवसर खोजिँदै
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
अब स्थानीय तहबाटै भूमिसम्बन्धी सेवा विस्तार गर्ने बालेनको घोषणा
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
