आज पश्चिमी वायुको प्रभावले देशभरको मौसममा आंशिक बदली हुने सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने छ र तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लागेको छ।
दिउँसो देशको हिमाली र पहाडी भूभागमा तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति भने कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ।
आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन। यद्यपि सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।
सम्बन्धित समाचार
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
मंगलबार नेप्सेमा ६.६२ अंकको वृद्धि
नेपाल–पाकिस्तानबीच व्यापारिक सम्बन्ध विस्तारको तयारी, लगानी र सहकार्यका नयाँ अवसर खोजिँदै
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
