कृषि यान्त्रीकरण प्रदर्शनीको सपोर्टिङ पार्टनरमा थपिए ग्लोबल आइएमई बैंक र ओविफर्ट, प्रदर्शनीको तयारी तिब्र
काठमाडौं। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा ग्लोबल आइएमई बैंक र ओविफर्ट स्पोर्टिङ पार्टनरका रूपमा थपिएका बताइएको छ। आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा दुवै संस्थाले सहकार्य गर्ने भएका आयोजकले जनाएको छ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले सामाजिक सञ्जालमार्फत दुवै संस्थालाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै प्रदर्शनीको स्पोर्टिङ पार्टनरका रूपमा स्वागत गरेको छ।
नामियाले ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिँदै प्रदर्शनीमा सहयोग र सहकार्यका लागि ग्लोबल आइएमई बैंकप्रति पनि आभार व्यक्त गरेको बताएको छ।
ओविफर्टलाई धन्यवाद दिँदै नामियाले कृषि क्षेत्रको विकास, आधुनिकीकरण तथा उन्नत प्रविधिसहित जैविक मल प्रवर्द्धनमा कम्पनीले पुर्याउँदै आएको योगदानको उच्च कदर गरेको जनाएको छ।
‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ। प्रदर्शनीको तयारी तिब्र रुपमा भइरहेको नामियाका अध्यक्ष कृष्ण शर्माले बताए।
प्रदर्शनीमा करिब ७० प्रदर्शकको सहभागिता रहनेछ भने १५० भन्दा बढी स्टलमार्फत आधुनिक कृषि यन्त्र तथा प्रविधि प्रदर्शन गरिनेछ भने स्वदेशी कृषि यन्त्र तथा उपकरण उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ३० वटा स्टल स्वदेशी उत्पादक तथा संस्थालाई निःशुल्क उपलब्ध गराइनुका साथै प्रदर्शनीमा प्रवेश निःशुल्क रहने जनाइएको छ।
प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, बाली भित्र्याएपछिको व्यवस्थापन, कृषि उपज प्रशोधन तथा बजारीकरण, शीतभण्डार, प्राङ्गारिक मल, जैवीक मल, थोपा सिंचाई,नर्सरी र बीउबिजनसँग सम्बन्धित आधुनिक यन्त्र, उपकरण तथा प्रविधि राखिने बताइएको छ। स्वदेशी तथा विदेशी बीउबिजन उत्पादक, कृषि सामग्री विक्रेता तथा कृषि र पशुपन्छीसम्बन्धी सेवा प्रदायक संस्थाको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
प्रदर्शनीमा किसान, कृषि उद्यमी, व्यवसायी, सहकारी, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संस्था र नीतिनिर्माताले कृषि यान्त्रीकरणसम्बन्धी प्रविधि प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर पाउने दाबी गरिएको छ।
प्रदर्शनीको आयोजना कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र,हरिहरभवन,ललितपुर र नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले संयुक्त रूपमा गर्नेछन् भने बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)सहआयोजक रहेका जनाइएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम प्रदर्शनीको प्रवर्द्धक रहेको छ।
आयोजकका अनुसार,प्रदर्शनीको मुख्य प्रायोजक एसकेटी नेपाल प्रालि रहनुका साथै युरोपेली संघ (ईयू) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त आर्थिक सहयोगमा जर्मन विकास सहयोग संस्था (जीआईजेड)द्वारा सञ्चालित ग्रेप–२ परियोजना एसोसिएट पार्टनरका रूपमा रहेको छ।
प्लाटिनम प्रायोजकमा जी–सेभेन एग्रिकल्चर प्रालि, शालोम एग्रिकल्चर प्रालि, नेपाल ट्रेड होस्ट प्रालि र बीडी कमर्सियल इक्विपमेन्ट प्रालि रहेका छन् भने गोल्ड प्रायोजकमा पशुपति एग्रो ट्रेडर्स, विन्ध्यवासिनी कृषि कम्पनी प्रालि र जैन इरिगेसन सिस्टम्स लिमिटेड रहेका जनाइएको छ।
प्रदर्शनीलाई राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, सिमिट नेपाल, कृषि विकास बैंक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल कृषि इन्जिनियर्स सोसाइटी, नख्खु सिड्स प्रालि र हेल्भेटास नेपालले सहयोग गरेका बताइएको छ।
प्रदर्शनीमार्फत कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकीकरण, औद्योगिकीकरण, आधुनिकीकरण तथा व्यावसायिकीकरणतर्फ अघि बढाउन आवश्यक प्रविधि र उपकरणको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको जनाइएको छ।
प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ भने आयोजकले प्रदर्शनीमा ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको जनाएको छ।
सम्बन्धित समाचार
आज भाइटीका मनाइँदै, बिहान ११ः०७ बजे उत्तम साइत
कृषि व्यवसायीकरणको अभिन्न अंग कृषि यान्त्रिकरण हो : कृषि सचिव डा. मिश्र
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
ट्रेन्डिङ
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
२०८३ कार्तिक २१ गते शनिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
