• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • ९ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • १० घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • ११ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १३ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १४ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १६ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १६ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

‘लोकमानको आड’मा यसरी हुँदैछ हेलिकोप्टर खरिदमा भ्रष्टाचार

admin २०७३, मंसिर, २९

लोकमान थन्किए तर उनको आडमा सम्धीहरुले थालेको राज्य रित्याउने खेल भने जारी छ । यो त्यही जहाज कम्पनीसँग सम्बन्धित काण्ड हो, जसमा सानो संलग्नताको निम्ति पूर्वभारतीय वायुसेनाध्यक्ष सशिन्द्रपाल त्यागी गतसाता समातिएका छन् इटालियन कम्पनीसँग ३६ सय करोड रकम बराबरको हेलिकोप्टर खरिदसम्बन्धी कारोबारमा चार सय २३ करोड कमिशन नेतालगायत बिचौलियाहरुले चप्काए । त्यसमा कोशेली कति हात लाग्यो थाहा छैन तर, त्यागीको भूमिका यतिमात्र थियो कि, उनले हेलिकोप्टरको पंखा ६ हजार मिटर क्षमताको सट्टा ४५ सयमा झार्न मञ्जुरी जनाएका थिए । तर, पाप धुरीबाट कराउँछ भनेझैं सन् २०१० को त्यो काण्ड ६ वर्षपछि बल्भिmएर केन्द्रीय अनुसन्धान व्युरो गिरफ्तारीपश्चात त्यागी यतिबेला हिरासतको हावा खाँदैछन् ।

यता नेपालमा भने प्रज्ज्वल समशेरकै पालामा राजा वीरेन्द्रलाई झुक्याएर अतिविशिष्ट व्यक्तिहरुको उडानका नाममा आरजे हण्ड्रेड नामक जहाज भिडाउन खोज्ने उनै रोहिणी थपलियाले सोही इटालियन अगुस्ता कम्पनीको हेलिकोप्टर नेपाली सेनाको स्वामित्वमा रहने गरी ल्याउन लागेका हुन् । स्वीकृत बजेटभन्दा दुई मिलियन बढी अर्थात् १६ मिलियन डलरको लागतमा ल्याउन खोजिएको यो हेलिकोप्टर रोहिणीकै माध्यमबाट भित्राउन स्पेसिफिकेशन पनि उनैलाई मात्र मिल्ने गरी जंगीअड्डाले तयार पारेको छ । नेपाल एयरलाइन्सलाई ठूला जहाज आवश्यक परेको नाममा एयरबसले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी बुँदा मिलाइएझैं यस प्रकरणमा पनि अधिकतम तौल ६ हजारदलेखि सात हजार केजी, क्षमता १४ यात्रु, पंखामा पाँचवटा ब्लेड र तीनवटा ल्याण्डिङ गियरको प्रावधान घुसाइएको हो । यसैकारण बेल, सिक्रस्की र एयरबस हेलिकोप्टर्सलगायतका कम्पनीले प्रतिस्पर्धामा भाग लिनै पाएनन् ।

अर्थमन्त्रालयबाट स्वीकृत बजेटभन्दा बढीमा थपलियाले टेण्डर हालेपछि तथाकथित नेगोशिएसनका नाममा ठ्याक्कै १४ मिलियनको रेञ्जभित्रै पर्ने गरी छिट्टै ठेक्का दिलाउन लागिएको छ । बीचको दुई मिलियन डलर पछि मर्मत या अन्य नाममा पुर्ताल गरिने छ ।

प्रज्ज्वलपछिको पाँचौ सेनापति राजेन्द्र क्षत्रीको पालामा लोकमानको पावर भिडाएर रोहिणीले यो ठेक्का फुत्काउन लागेका हुन् । उनका ज्वाईं सिद्धार्थ पाण्डेले पनि लोकमान अख्तियार प्रमुख हुँदाको फाइदा नउठाउने कुरै भएन ।

भूकम्पताका त्रिपालकाण्डमा तर्साइएका तत्कालीन शहरी विकास र भौतिक योजना सचिव अर्जुन कार्कीमार्फत् पाण्डेलाई एक अर्ब बढी मूल्य कोट गर्दागर्दै पनि गाडीहरुमा हाल्ने नयाँ इम्बोस नम्बर प्लेटको काम दिइएको थियो । पाण्डे कम्पनिले पासपोर्ट बनाउने ठेक्कासमेत पाएको छ । सबैले आँखा चिम्लिएर अगुस्ताको हेलिकोप्टर नेपाल भित्रियो भने शक्ति र सत्तामा भएका नेताले अहिले नै त कसैले चुइँक्क नगर्लान् तर समय सधैं किन बलवान भइरन्छ र ? परिस्थितिले कोल्टो फेरेर नेपालमा पनि अर्को सशिन्द्रपाल त्यागी नजन्मिएला कसले भन्न सक्छ र ? जनआस्था साप्ताहिक

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.