• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ८. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

‘लोकमानको आड’मा यसरी हुँदैछ हेलिकोप्टर खरिदमा भ्रष्टाचार

लोकमान थन्किए तर उनको आडमा सम्धीहरुले थालेको राज्य रित्याउने खेल भने जारी छ । यो त्यही जहाज कम्पनीसँग सम्बन्धित काण्ड हो, जसमा सानो संलग्नताको निम्ति पूर्वभारतीय वायुसेनाध्यक्ष सशिन्द्रपाल त्यागी गतसाता समातिएका छन् इटालियन कम्पनीसँग ३६ सय करोड रकम बराबरको हेलिकोप्टर खरिदसम्बन्धी कारोबारमा चार सय २३ करोड कमिशन नेतालगायत बिचौलियाहरुले चप्काए । त्यसमा कोशेली कति हात लाग्यो थाहा छैन तर, त्यागीको भूमिका यतिमात्र थियो कि, उनले हेलिकोप्टरको पंखा ६ हजार मिटर क्षमताको सट्टा ४५ सयमा झार्न मञ्जुरी जनाएका थिए । तर, पाप धुरीबाट कराउँछ भनेझैं सन् २०१० को त्यो काण्ड ६ वर्षपछि बल्भिmएर केन्द्रीय अनुसन्धान व्युरो गिरफ्तारीपश्चात त्यागी यतिबेला हिरासतको हावा खाँदैछन् ।

यता नेपालमा भने प्रज्ज्वल समशेरकै पालामा राजा वीरेन्द्रलाई झुक्याएर अतिविशिष्ट व्यक्तिहरुको उडानका नाममा आरजे हण्ड्रेड नामक जहाज भिडाउन खोज्ने उनै रोहिणी थपलियाले सोही इटालियन अगुस्ता कम्पनीको हेलिकोप्टर नेपाली सेनाको स्वामित्वमा रहने गरी ल्याउन लागेका हुन् । स्वीकृत बजेटभन्दा दुई मिलियन बढी अर्थात् १६ मिलियन डलरको लागतमा ल्याउन खोजिएको यो हेलिकोप्टर रोहिणीकै माध्यमबाट भित्राउन स्पेसिफिकेशन पनि उनैलाई मात्र मिल्ने गरी जंगीअड्डाले तयार पारेको छ । नेपाल एयरलाइन्सलाई ठूला जहाज आवश्यक परेको नाममा एयरबसले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी बुँदा मिलाइएझैं यस प्रकरणमा पनि अधिकतम तौल ६ हजारदलेखि सात हजार केजी, क्षमता १४ यात्रु, पंखामा पाँचवटा ब्लेड र तीनवटा ल्याण्डिङ गियरको प्रावधान घुसाइएको हो । यसैकारण बेल, सिक्रस्की र एयरबस हेलिकोप्टर्सलगायतका कम्पनीले प्रतिस्पर्धामा भाग लिनै पाएनन् ।

अर्थमन्त्रालयबाट स्वीकृत बजेटभन्दा बढीमा थपलियाले टेण्डर हालेपछि तथाकथित नेगोशिएसनका नाममा ठ्याक्कै १४ मिलियनको रेञ्जभित्रै पर्ने गरी छिट्टै ठेक्का दिलाउन लागिएको छ । बीचको दुई मिलियन डलर पछि मर्मत या अन्य नाममा पुर्ताल गरिने छ ।

प्रज्ज्वलपछिको पाँचौ सेनापति राजेन्द्र क्षत्रीको पालामा लोकमानको पावर भिडाएर रोहिणीले यो ठेक्का फुत्काउन लागेका हुन् । उनका ज्वाईं सिद्धार्थ पाण्डेले पनि लोकमान अख्तियार प्रमुख हुँदाको फाइदा नउठाउने कुरै भएन ।

भूकम्पताका त्रिपालकाण्डमा तर्साइएका तत्कालीन शहरी विकास र भौतिक योजना सचिव अर्जुन कार्कीमार्फत् पाण्डेलाई एक अर्ब बढी मूल्य कोट गर्दागर्दै पनि गाडीहरुमा हाल्ने नयाँ इम्बोस नम्बर प्लेटको काम दिइएको थियो । पाण्डे कम्पनिले पासपोर्ट बनाउने ठेक्कासमेत पाएको छ । सबैले आँखा चिम्लिएर अगुस्ताको हेलिकोप्टर नेपाल भित्रियो भने शक्ति र सत्तामा भएका नेताले अहिले नै त कसैले चुइँक्क नगर्लान् तर समय सधैं किन बलवान भइरन्छ र ? परिस्थितिले कोल्टो फेरेर नेपालमा पनि अर्को सशिन्द्रपाल त्यागी नजन्मिएला कसले भन्न सक्छ र ? जनआस्था साप्ताहिक

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.