Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

ढुंङ्गाका विभिन्न देविदेवताका मूर्ती सहित पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, मंसिर, २९
ढुंङ्गाका विभिन्न देविदेवताका मूर्ती सहित पक्राउ

काठमाडौँ, २९ मंसिर
नेपाल प्रहरीले बताएअनुशार  दोलखा भिमसेनस्थान घर भई काठमाडौँ महानगरपालिका–१९ ढोकाटोल बस्ने २० बर्षीया कुमारी तामाङलाई प्रहरीले ढुंङ्गाबाट बनेका विभिन्न देविदेवताका मूर्तीहरु सहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा शंकास्पद अवस्थामा हिडिरहेको फेला पारी चेकजाँच गर्दा ढुङ्गाको नागको मूर्ति ८ ईन्चको १ थान बरामद भएको थियो । प्रहरीले उनको कोठा समेत तलासी गर्दा ढुंगाका बिभिन्न देविदेवताका अंदाजी ६ देखी ८ ईन्चसम्मका ८ थान मुर्ती र ढलोटको थान १ मूर्ती बरामद भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स