• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • ११ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ११ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • १२ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १४ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १५ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १७ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १७ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

प्रहरीभित्रका यी बाघ : जसले हाँसी हाँसी बर्दी फुकाले

admin २०७३, पुष, १

काठमाडौं-नेपाल प्रहरीमा सामान्यतः अवकाश पाउनु एक वर्षअघि कुनै पनि प्रहरी अधिकृतलाई युनिट इन्चार्ज दिइँदैन । अवकाश पाउने प्रहरी अधिकृतले प्रधान कार्यालयमै बसेर कार्यालयकै काम गर्नुपर्ने वा कुनै युटिमा सहायक भएर बस्नुपर्ने हुन्छ । प्रहरी प्रधान कार्यालयले अवकाश पाउने अधिकृतबाट सेवा प्रदानमा कमजोरी हुने अवस्था आउनसक्ने र जिम्मेवारी बोध पनि नगर्ने हुनाले इन्चार्जको जिम्मेवारी नदिने रणनीति अख्तियार गरेको हो ।

तर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रमसिंह थापाको हकमा भने यो लागू नभएको राजधानीले खबर  छापेको छ । ३० वर्षे प्रहरी सेवाको अवधिमा उनले २५ वर्ष युनिट इन्चार्जमै बिताए । १५ महिनाअघि काठमाडौं परिसरको जिम्मेवारी पाउँदा अन्य अधिकृतहरुलाई जस्तै उनलाई पनि तीन महिनामै काठमाडौंबाट फिर्ता गर्ने सम्भावना थियो । तर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले काठमाडौंको जनजीवन सामान्य बनाउन उनले खेलेको भूमिकाका कारण अवकाशको अन्तिम दिनसम्म पनि उनलाई फिर्ता बोलाएनन् । फलतः अवकाशको अघिल्लो दिन २९ मंसिर (हिजो) सम्म उनी परिसकै कुर्सीमा बसेर मातहत निकायलाई निर्देशन दिइरहेका थिए ।

जागिरे जीवनकालमा सयौं दबाब झेल्नुपरे पनि सत्यका अघि कोही कसैसँग नझुकेकै कारण उनले अन्तिम अवस्थामा पनि काठमाडौं जस्तो जिल्लाको इन्चार्ज भएर अवकाश पाएको गर्व बोध गरे । अवकाश पाउनु अघि सञ्चारकर्मीहरुसँग उनले काठमाडौं परिसरकै कार्यकक्षमा बोल्दै अव आउने परिसर प्रमुखले शक्तिकेन्द्रको दबाब झेल्न नसक्ने हो भने त्यो नेपाल प्रहरीकै नामर्द प्रहरी अधिकृत हुने दावी समेत गरे ।

जागिरको शुरुवातमै उनी वडा प्रहरी कार्यालय गौशालाको इन्चार्ज हुँदै त्यहाँका टोले दादाहरुलाई तह लगाएर चर्चामा आएका थिए । त्यसयता उनले सबैजसो प्रहरी महानिरीक्षकहरुको मन जिते । सोही क्रममा उनको काठमाडौ परिसर २५ औं युनिट हो ।

५४ वर्षीय एसएसपी थापाले त्यसक्रममा पहुँच, प्रभाव र प्रलोभनलाई परास्त गर्नसके मात्रै प्रहरीले जनताको मन जित्न सक्ने आफ्नो अनुभव समेत शेयर गरेका थिए । सञ्चारकर्मीहरुमाझ शक्तिकेन्द्र, अपराधी, माफिया र व्यापारीलगायतले कसरी आफ्ना स्वार्थ पूरा गर्न प्रलोभन दिन्छन् भन्नेबारे पनि उनले खुलेरै धारणा राखेका थिए ।

‘चुनौतीको सामना गर्न नसक्ने, कसैले दबाब दियो भनेर पन्छिनु, प्रहरीको चेनअफ कमाण्डलाई अटेर गर्नु र सीमित माफियागिरीसँग रमाउने हो भने त्यसको समय क्षणिक मात्र हुन्छ,’ उनले सञ्चारकर्मी माझ बोल्दै भने, ‘अब म खुला आकाशमा जाँदैछु, मलाई कुनै प्रकारको बन्धन छैन तपाईंहरुसँगै रमाउछु ।’

बाँकेमा भगत सिंहलगायत आपराधिक व्यक्ति तथा समूहको आतंक नियन्त्रण, बहुचर्चित युनिटी ठगी काण्डको सफल अपरेसन, रुपन्देहीमा नदी तथा प्राकृतिक सम्पत्तिको दोहन, भूकम्प र नाकाबन्दीका बेला काठमाडौंमा मौलाएको कालोबजारी नियन्त्रणजस्ता विषयले उनलाई प्रहरीभित्रैका बाघको सन्तान डमरुको संज्ञा दिइन्थ्यो ।

२०५७ सालपछि उनी नाफाकै जिन्दगी बिताइहेका छन् । उनी आफै पनि यो जिन्दगी नाफाको जिन्दगी हो भन्छन् । नुवाकोटमा प्रमुख हुँदा तारुकेस्थित चौकीमा कार्यरत प्रहरीलाई मद्दत गर्न टोलीसहित जाँदा माओवादीको एम्बुसमा परेका थिए उनी । सो एम्बुसबाट घाइते भएका थापाको दुवै कानको श्रवण शक्ति गुमेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.