उर्दु उच्च शिक्षाको खोजीमा भारत जादै उर्दुका विद्यार्थीहरू
रबिन्द्र यादव / नवलपरासी, २ पुष
. नवलपरासीका मुस्लिम समुदायहरूले जिल्लामा उर्दु उच्च शिक्षाको माग गरेका छन् । कक्षा ५ सम्मको मात्र अनुमति प्राप्त मदरसाहरूले अब उच्च शिक्षा सम्मको अनुमति पाउनु पर्ने एक कार्यक्रम बिच धर्मावलम्बीहरूले सरकारसंग माग गरेका हुन् .जिल्लाको सदरमुकाम परासीमा आयोजित सप्ताह व्यापी कार्यक्रम अन्तर्गत जल्सा कार्यक्रममा (धार्मिक प्रवचन) धर्मावलम्बीहरूले उर्दु शिक्षापनि अरू शिक्षा जस्तै उच्चशिक्षाको अनुमपति पाउनु पर्ने संयुक्त रूपमा माग गरेको तन्जिमुल ओल्मा युनियनका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले बताउनु भयो । जिल्लामा ४३ वटा मदरसाहरू संचालित छन् तर सबै मदरसामा कक्षा ५ सम्मको मात्र उर्दु धार्मिक शिक्षा पठनपाठन गने शिक्षा कार्यलयले अनुमति दिएको छ । जिल्लामा सांस्कृति तथा बौद्ध विद्यालयहरूले उच्च शिक्षा समेत शिक्षा प्रदान गरिरहदा हामी मुस्लिम समुदायले पनि उर्दुको उच्च शिक्षा पठनपाठन गर्न पाउने सरकार संग माग गरिएको अध्यक्ष हुसैन मिँयाले जानकारी दिनु भयो । कक्षा ५ पछिको पढाई पछि सामर्थ विद्यार्थीले छिमेकी देश भारतमा गई उच्च शिक्षा हासिल गर्ने गरेका छन् भने अधिकांश विद्यार्थीहरू उर्दु शिक्षाबाट बन्चित हुने गरेका छन् । ईस्लामि मुल्यमान्यता अनुसार उर्दु शिक्षा प्रत्येक मुस्लिम वर्गले हासिल गर्न आनिवार्य मानिन्छ तर पनि केहि व्यक्तिहरूले मौलाना तथा धर्मावलम्बी बन्न खोज्दा नेपालमा कक्षा ५ पछिको शिक्षाको व्यवस्था नहुँदा अधिकांश विद्यार्थीहरूको भविष्य अन्यौलमा पर्ने गरेको ईस्लामिया मदरसा संघका अध्यक्ष बुद्धन अलिले बताउनु भयो ।राती आयोजित जल्समा धर्मावलम्बीहरूले पछाडी परेका मुस्लिम समुदायहरूको चेतना वृद्धिका लागि सरकारले विभिन्न चेतनामुलक तथा शिपमुलक तालिम दिन आग्रह गरे । मोहम्मद डे को अवसरमा चल्दै आएकोस्ताह व्यापी जल्सा कार्यक्रम राती सदरम’काम परासीमा सम्पन्न भएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

