ओली समेत शिर्ष नेताको पुतलालाई दहन: शोकमा दशी चिउरा खुवाइयो
जानकारी केन्द्र
२०७३, पुष, ३
रबिन्द्र यादव र परासी, ३ पुष . नवलपरासी मोर्चाले शिर्ष नेताहरूको प’तला बनाई आज दाहा संस्कार गर्दै शोकमा दहि चिउरा ख’वाएका छन् . हिजो फाँसि दिइएका केपि ओली, चन्द्र भण्डारी र टोप बहादुर रायमाझीको पुतलालाई आज परासीमा दहन गर्दै मोर्चाले कार्यकर्ताहरू लाई शोकमा दहि चिउरा खुवाएको हो
जिल्लाको सदरमुकमा परासीमा मोर्चाले आज ति शिर्ष नेताहरूको पुतला दहन गरि आजकै दिन पुण्य तिथिपारी दहि चिउरा खुवाएका मोर्चाले जनाएको छ । ति नेताहरूको अभिव्यक्ति मधेश विरोधी रहेको मोर्चाले आरोप लगाउदै हिजो परासी स्थित बुद्धचोकमा तिनका पुतलालाई फाँसी समेत दिइएको थियो आज मोर्चाका कार्यक्रम अनुसार फाँसि दिइएको ति पुतलाहरूको दाहा संस्कार गरिएको जनाएको छ ।
सरकारले मधेशका जिल्लालाई मात्र समेटर प्रदेश नं. ५ बनाउने गरि संविधान संसोधन प्रस्ताव दर्ता गरेको विरोधमा उत्रिएका एमाले र केहि नेताहरूको मोर्चाले चर्काे विरोध गर्दै पुतला बनाई फांसि दिनेदेखि लिएर दाहा संस्कार समेत गरेको मोर्चाले जानकारी दियो ।
एमालले आव्हान गरेको तिन दिने आम हडाताल बन्दलाई मोर्चाले प्रतिकार गर्दै पहिलो दिन एमालेको झण्डा जलाएका थिए भने दोश्रो दिन शिर्ष नेताका पुतला बनाई फाँसि दिएका थिए र आज तेश्रो दिन फाँसि दिइएका ति पुतलाहरूलाई दहन गर्दै दहि चिउरा खाएर क्रिया समेत गरे ।
यता बन्दको आव्हान गर्दै एमाले कार्यकर्ताहरूले सुनवल, भुमही, बर्दघाट लगायतका हाईवे क्षेत्रमा नाचगान गर्दै पुरै बजार ठप्प पारेका छन् भने उता मोर्चा बन्दको विरोध गर्दै फांसि देखि लिएर दाहा संस्कार समेत गरेको पाइएको छ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

