नक्कली सर्टिफिकेट बनाउने साईवर संचालकसहित ३ जना पक्राउ
काठमाडौं, २० पुस
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न ३ जनालाई विभिन्न सामानसहित महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं सिनामंगल बस्ने कास्की चापाकोट–६ का ३२ वर्षीय यम भन्ने ऐनबहादुर थापामगर, सामाखुशी रानीबारीस्थित आइटि भेट टेक्नोलोजीका संचालक काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ३५ वर्षीय विकास रम्तेल र उक्त साइबरमा काम गर्ने काठमाडौं बालाजु बस्ने तनहुँ मिर्लाङ–३ घसरका २९ वर्षीय भगवान भण्डारी रहेका छन् ।
उक्त प्रहरी टोलीले ऐनबहादुर थापामगरलाई यमबहादुर थापाको नामको एसएलसीको नक्कली सर्टिफिकेट सहित पुस १८ गते काठमाडौं महानगरपालिका–३० जमलबाट पक्राउ गरेपछि उक्त टेक्नोलोजीका संचालक रम्तेल तथा भगवान भण्डारीले १ हजार रुपैयाँमा बनाएको खुल्न आएको थियो । साइवर खानतलासी गर्दा कम्प्युटर १ थान, रंगिन प्रिन्टर २ थान, नक्कली सर्टिफिकेट तथा मार्कसिट, सेक्सन अफिसर लेखिएको छाप, टोखा नगरपालिका लेखिएको लेटरप्याड, विभिन्न एम्बेसीहरुको लेटरप्याड, विभिन्न प्राइभेट कार्यालयहरुको नामको लोगो भएको छाप लगायतका सामानहरु बरामद भएको थियो ।
पक्राउ परेका व्यक्तिहरुलाई ठगी तथा सरकारी छाप दस्तखत किर्ते मुद्दामा आवश्यक कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

