• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • १२ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • १२ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • १३ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १५ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १६ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १७ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १८ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १८ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

दुई तिहाई जुटाउन मन्त्रिपरिषद विस्तार गर्ने तयारी

admin २०७३, पुष, २१

काठमाडौं २१ पुस । सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा टेबुल भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै दर्ता भएको संशोधन विधेयकप्रति आपत्ति जनाउँदै प्रमुख विपक्षीसहित नौवटा दलले सदन र सडक आन्दोलन चर्काइरहेका बेला सरकारले विधेयक पारित गराउने रणनीतिअनुसार मन्त्रिपरिषद् विस्तारको तयारी थालेको हो ।

संशोधनलाई पास गराउनकै लागि भए पनि संशोधनको विपक्षमा रहेका साना दललाई समेत सरकारमा सहभागी गराउने सरकारको तयारी छ । विपक्षी दलले विधेयकका पक्षमा दुई तिहाइ मत पुर्‍याउन चुनौती दिएपछि सरकार साना दललाई मन्त्री पद दिएर भए पनि आफ्नो पक्षमा तान्ने र दुई तिहाइ मत जुटाउने रणनीतिमा लागेको हो ।

‘संशोधन टेबुल भएपछि दुई तिहाइ पुर्‍याउन पनि राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहित सरकारलाई समर्थन गर्ने साना दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी भइरहेको छ,’ सरकारमा सहभागी एक मन्त्रीले भने ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सँग यसअघि नै सरकारमा सहभागी हुनेबारे छलफल चल्दै आएको सरकारमा सहभागी दलका नेताहरूको दाबी छ । ‘अब संशोधन टेबुल गरेलगत्तै मन्त्रालय भागबन्डा टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा सरकार छ,’ ती मन्त्री भन्छन् ।

मन्त्रिमण्डल विस्तारको आन्तरिक गृहकार्य भइरहे पनि संशोधन विधेयक कहिले टेबुल हुने भन्ने टुंगो नलागेका कारण विपक्षी दलसँग आन्दोलनमा रहेका दलहरूसँग औपचारिक कुराकानी भने नभएको सरकारमा सहभागी दलका नेताहरू बताउँछन् ।

सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले समेत स्वीकार गरेको छ । ‘सरकारले मन्त्रिमण्डल विस्तार गर्ने विषयमा पहिलेदेखि नै सोच्दै आएको हो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘अब २४ गते संसद् खुलेर विधेयक दर्ता भए त्यसपछि हामी छलफल गरेर चाँडै नै मन्त्रिपरिषद् विस्तारको काम पनि अघि बढ्नेछ ।’

सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले राप्रपा अध्यक्ष थापा नै सरकारमा सहभागी भए उपप्रधानसहित एक मन्त्रालय दिने र गच्छदार स्वयं सहभागी बने उनलाई पनि उपप्रधानसहित कुनै एक मन्त्रालय दिने तयारी गरेका छन् । यसअघि बाँकी रहेका चार मन्त्रालयमध्ये रोजेर राख्न प्रधानमन्त्रीले थापा र गच्छदारलाई आग्रह गरे पनि दुवैले आकर्षक मन्त्रालय नभएको भन्दै अस्वीकार गरेका थिए ।

प्रधानमन्त्री दाहालले अहिले चार मन्त्रालय सम्हालेका छन् । जसमा खानेपानी तथा सरसफाइ मन्त्रालय, पशुपन्छी विकास मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालय छन् ।

थापा र गच्छदारले यी चार मन्त्रालय आकर्षक नभएको भन्दै असन्तुष्टि जाहेर गरेपछि आफ्ना मन्त्रीलाई साटफेर गरेर भए पनि थापा र गच्छदारलाई आकर्षक मन्त्रालय दिएर भए पनि सरकारमा सहभागी गराउन सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्र र कांग्रेस दुवै तयार रहेको स्रोतको भनाइ छ । –राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.