• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • ६ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • ७ घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ७ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ८ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • २४ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • १ दिन 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • १ दिन 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु

  • २. बार अनुसार शुभ काम र किनबेच : कुन दिन के गर्दा मिल्छ लाभ र सफलता ?

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ४. सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

  • ५. देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. २०८२ चैत १९ गते बिहीबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. AmCham Nepal Strengthens Economic Diplomacy Engagement with Ministry of Foreign Affairs

  • ८. Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

गरुडालाई सदरमुकाम बनाउन आन्दोलन कार्यक्रम घाेषणा

admin २०७३, पुष, २२

रोशन पोख्रेल, राैतहट

रौतहट जिल्लाको मध्य भागमा अवस्थित गरुडालाई जिल्लाको सदरमुकाम बनाउन मांग सहित गरुडामा आन्दोलनको शुरुआत भएको छ । केही मधेसवादी नेता मौलापुर, गरुडा र समनपुरमा सेवा केन्द्र विस्तारको विरोध गरेपछि जिल्लाको सम्पूर्ण नागरिकलाई सहज हुने गरुडामा नै सदरमुकाम राख्न माग अगाडि बढाईएको छ ।

जिल्लाको पूर्व पश्चिम, उत्तर र दक्षिण चारै दिशाबाट बीचमा पर्ने गरुडालाई सदरमुकाम बनाए जिल्लाको असी प्रतिशत वासीलाई पायक हुने भएकोले गरुडा नगरपालिकामा नै जिल्लाको सबै प्रमुख कार्यालय स्थापनाको मांग गर्दै आन्दोलनको शुरुवात गरिएको छ । सदरमुकाम स्थापनाका लागि गरुडा सदरमुकाम संघर्ष समितिको चयन समेत गरिएको छ । तत्काल नै आन्दोलनलाई अगाडि बढाउन गठित ५१ सदस्यीय गरुडा सदरमुकाम संघर्ष समितिको संयोजकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सियाराम कुशवाहा फिरोज र प्रवक्तामा शिवशंकर पान्डेलाई चयनित गरिएको छ ।

गरुडा सदरमुकाम संघर्ष समितिको सल्लाहकार समितिमा वृजकिशोर यादव, धर्मनाथ प्रसाद जयसवाल, राम कृष्ण चौधरी, राम भरोस यादव, अशोक प्रसाद यादव, कन्थमुनि जयसवाल, रामजी प्रसाद साह, नागेन्द्र प्रसाद चौरसिया, रामयतन प्रसाद रौनियार, रामसिंह यादव, जितेन्द्र श्रीवास्तव, जोगी साह, राजेन्द्र यादव, जयमंगल यादव, हृदयनारायण राय, रुनुबाबु पान्डे, राजकुमार दास लगायतका व्यक्तिहरु रहेका छन । यसैगरि आन्दोलनको गतिविधि जनमानसमा निरन्तर पुर्याउन गठित प्रचारप्रसार समितिको संयोजकमे मनोज कुमार चौधरी, कृष्णा तिवारी र अमृत कुशवाहाको चयनित गरिएको छ । आन्दोलनको पहिलो कार्यक्रममा शुक्रबार विहान ९ बजे देखि ११ बजेसम्म गरुडाको झाँझपुल लक्ष्मीपुर चौकमा २ घन्टा चक्काजाम गर्ने योजना रहेको संघर्ष समितिका प्रवक्ता शिवशंकर पान्डेले जानकारी दिएका छन । संघर्ष समितिको स्वरुपमा आवश्यकता अनुसार परिमार्जन हुने प्रवक्ता पान्डेको भनाई रहेको छ । गरुडामा जिल्लाको सबै प्रमुख सरकारी कार्यालय नआएसम्म अनिश्चितकालीन सडक आन्दोलन जारी राख्ने संघर्ष समितिको संयोजक फिरोजले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.