• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • ७ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • ८ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • ८ घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ९ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १० घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २४ घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • १ दिन 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • १ दिन 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मध्यरातमा भूकम्पकाे धक्का

  • २. आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

  • ३. २०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. फोटोन मोटर्स नेपालद्वारा इटहरीमा शोरुम उद्घाटन र ग्राहक भेटघाट कार्यक्रमको आयोजना

  • ५. २०८२ चैत २२ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु

  • ७. बार अनुसार शुभ काम र किनबेच : कुन दिन के गर्दा मिल्छ लाभ र सफलता ?

  • ८. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ९. सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

  • १०. देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

एक महिनामै एलडिओको सरुवा ः जिविसमा मोर्चाद्धारा तालाबन्दी

admin २०७३, पुष, २४

रबिन्द्र यादव / परासी, २४ पुष ।

बाँके जिल्लाबाट सरुवा भई नवलपरासी आएका स्थानिय विकास अधिकारी जिवलाल भुषालको एक महिनामै काज सरुवा भएको छ । स्थानिय विकास अधिकारी भुषालले जिल्ला आउन वित्तिकै जिल्लाका विभिन्न खोलाहरुबाट अवैध ढुङ्गागिट्टी बालुवा र टिप्परहरु नियन्त्रणमा लिईएपछि खोला ठेकेदारहरुले भुषालको धादिङ्ग काज सरुवा गराएका हुन् । तिन महिना भित्र स्थानिय विकास अधिकारी भुषालले जिल्लाको सबै खोलाहरुबाट अवैध रुपमा निकासी हुने नदीजन्य पदार्थहरु रोकी जिल्लाको राजस्व वृद्धि गर्ने प्रतिबद्धता जनाएपछि ठेकेदारहरु भुषालको सरुवाका लागि ३ सातादेखि मन्त्रालमा दौडधुप गर्दै आएका थिए । भुषालले जिल्लाको विभिन्न खोलाहरुबाट अवैध उत्खनन गरि स्टक गरिएको १६ लाख २ हजार ५ सय घनमिटर ढुङ्गागिट्टी बालुवा जफत गर्दै ओसारपोसार गर्ने २७ वटा टिप्पर, ३ वटा जेसिभी र २ वटा ट्याक्टर नियन्त्रणमा लिएका थिए । करोडांैको स्टकहरु जफत र करोडांैकै सवारीसाधनहरु निलाम हुने अवस्था देखिएपछि ठेकेदारहरुले एलडिओ भुषालको धादिङ्ग र एलडिओलाई सहयोग गर्ने योजना तथा प्रशासकिय अधिकृत प्रकाश पन्थीको मन्त्रालय काज सरुवा गराएको जिविसले दावी गरेको छ । स्थानिय विकास अधिकारी भुषालले जफत गरिएको स्टकहरु निलाम गर्ने र नियन्त्रणमा लिइएको सवारी साधनहरुलाई कार्वाही गर्न खोज्दा ठेकेदार कम्पनीेले पुनरावेदनमा रिट दायर गरेपछि अदालतबाट स्टे अर्डरका आदेश जारि भएको थियो । ठेकेदारहरुले जिविसको नियन्त्रणमा रहेका २७ टिप्पर मध्ये १६ वटा टिप्पर ३५ लाख रुपिया जरिवाना तिरीे छुटाएका थिए भने अरु बाकी टिप्पर, जेसिभीहरु अझै जिविसको नियन्त्रणमा छन् ।

स्थानिय विकास अधिकारीले आफ्नो कार्यकालमा जिल्लाका सबै खोलाहरुको वातावरणिय प्रभाव मुल्याङ्कन परिक्षण गरि खोलाहरु ठेक्क प्रकृयामा ल्याउने र अवैध उत्खनन रोक्दै चोरी तस्करी गर्नेलाई कारवाही गर्ने लक्ष्य लिएपछि ठेकेदारहरुले भुषाल र पन्थीको सरुवा गराएको मधेशी थरुहट संयुक्त लोकतान्त्रिक मोर्चा नवलपरासीले आरोप लगाएको छ । राम्रो काम गर्दै आएका एलडिओ र योजना अधिकृतको सरुवा भएको खबर सुनेपछि मोर्चाले आपत्ति जनाउदै हिजो शुक्रबार तिनको सरुवा रोकाउन जिल्ला पं्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण समेत जनाएको छ । मोर्चाका अनुसार एलडिओ सरुवा हुनु भनेको निजामति कर्मचारी एनको खिल्ली उडाउनु हो । यसले खोलाबाट अवैध उत्खननमा तस्करहरुको मनोबल बढनुका साथै जिल्लाका विभिन्न योजनाहरु र आव २०७४÷०७५ को जिल्ला परिषद समेत पनि प्रभावित हुने संकेत देखिएको मोर्चाले दुख व्यक्त ग¥यो । त्यति मात्र होईन एलडिओ र योजना अधिकृतको सरुवाले जिल्लाको कराडांै राजस्व चुहावट भई जिल्ललाई प्रत्यक्ष घाटा लाग्ने स्थनयिलेहरुले दुख व्यक्त गरे । त्यसैबिच एलडिओ सरुवा रोकाउन माग गर्दै मधेशी थरुहट संयुक्त लोकतान्त्रिक मोर्चा नवलपरासीे एक घण्टा परासी चक्काजाम गर्दै जिविसको राजस्व शाखामा तालबन्दी गरेको छ । जिल्लामा भैरहेको राजस्व चुहावट रोक्न सक्रिय भएको स्थानिय विकास अधिकारी भुषालको ठेकेदारहरुले सामदाम दण्डभेद प्रयोग गरि धादिङ्ग काज सरुवा गराएपछि मोर्चाले सरुवाको विरोध गर्दै आज दिउसो परासी बजारमा एक घण्टा चक्का जाम गरेका हुन् । परासी बजारको बुद्धचोक स्थित विभिन्न नाराबाजी गर्दै मोर्चाले सवारीसाधनहरुलाई एक घण्टा रोकेका थिए ।

त्यस्तै मोर्चाले एलडिओ सरुवा फिर्ता गराउन सरकारलाई दबाब दिन जिविसको राजस्व शाखामा तालाबन्दी पनि गरेका छन् । तालाबन्दी गर्दा प्रहरीले मोर्चालाई हस्तक्षेप गर्न खोज्दा प्रहरी र मोर्चाबिच एकछिन त झक्काझक्कि समेत भएको थियो । कर्मचारीहरुकै समर्थनमा हामीले सरकारलाई दबाब दिन विभिन्न कार्यक्रम गरिरहदा प्रहरीले हामीलाई हस्तक्षेप गरेको मोर्चाले आरोप लगाए । त्यसैगरि स्थानिय विकास अधिकारी भुषालले आफ्नो ३२ दिनको कार्यकालमा गरेको कार्यसम्पादन पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् । जिल्लाका विभिन्न राजनितिक दल र पत्रकारहरुको माझमा स्थानिय विकास अधिकारी भुषालले जिल्लाको विभिन्न खोलाहरुबाट जफत गरिएको नदीजन्य पदार्थहरु निलाम गर्ने प्रकृया अगाडी बढाइएको बताउनु भयो । भुषालले जिल्लामा अवैध चोरी निकासी नियन्त्रण गर्न समातिने प्रति जेसिबीलाई ५० हजार, प्रति टिप्परलाई २५ हजार र प्रतिट्याक्टर १५ हजार जरिवाना लगाईने पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो । सम्मेलनमो क्रसरहरुको अनुगमन गर्ने, खोलाहरुलाई ठेक्क प्रकृयामा ल्याउने, जिविसको बेरुजुहरु घटाउने, अवैधानिक रुपमा बाँडिएको योजनाहरु कार्यान्वय नगर्ने र कार्यालयलाई चुस्तदुरुस्त बनाउदै सेवालाई प्रभावकारी बनाउने जिविसले जनाएको छ ।jilla1

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.