• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • ६ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • ७ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • ९ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १० घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १० घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ११ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ११ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. एलजीको नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक: ४१ प्रतिशतसम्म छुट साथै पक्का उपहारहरु

  • २. फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता

  • ३. शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

  • ४. अप्रिल महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ५. नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

  • ६. चर्को घाममा छालालाइ यसरी सुरक्षित राख्न सकिन्छ

  • ७. आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

  • ८. फोटोन मोटर्स नेपालद्वारा बिर्तामोडमा सफल कस्टमर मिटको आयोजना सम्पन्न : पूर्वी नेपालसँगको सम्बन्ध थप बलियो

  • ९. सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

  • १०. नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

सुस्ताका विभिन्न निर्माण कायर्मा भारतीय अवरोध

admin २०७३, माघ, ७

रबिन्द्र यादव / परासी, ७ माघ ।

सुस्तामा निर्मित भौतिक पुर्वाधारका कार्यहरु भारतिय पक्षद्धारा अवरोध भएपछि सरकारी निकायद्धारा अनुगमन भएको छ । सुस्तामा झुलुङ्गेपुल, तटबन्ध र बाटोको निर्माण कार्यमा भारतीय पक्षले अवरोध खडा गरेपछि पुनः निर्माण कार्य सुचार गराउन भारतीय सम्बन्धित निकायमा पहल गर्ने उद्देश्यले जिल्लाका सरकारी निकायले सुस्ताको अनुगमन गरेका हुन् । नेपालको सिमाना अवस्थित सुस्ताभुमि लामो समयदेखि पटक पटक विवादमा पर्दै आएको छ । जोखिमपुर्ण यात्रा गर्दै आएका सुस्ताबासीका लागि नेपाल सरकारले नारायणी नदीमा २२ करोडको लागतमा १५ सय ८० मिटर लामो र १ दश्मल ६ मिटर चौडा झोलुङ्गे पुलको निर्माण कार्य शुरु गरेको छ ।

उक्त झोलुङ्गे एशियाकै दोश्रो र नेपालको पहिलो लामो पुल हो जुन अहिल भारतीय पक्षले निर्माण कार्य रोकेको छ । त्यस्तै वर्षेनी बाढीले कटान हुदै गएको सुस्ता बाँधको पनि सरकारले तटबन्ध, सुस्तामा विभिन्न बाटोहरु निर्माण कार्य शुरु भएपछि भारतीय एसएसबीले भारतीय जग्गामा बाटो, तटबन्ध र पुल निर्माण गर्न नपाईने भन्दै कामहरु रोकेको स्थानियले आरोप लगाए । यसरी सुस्तामा निर्माण हुन लागेको झोलुङ्गे पुल, तटबन्ध, बाटो र बस्ती विकासका कार्यक्रमहरुमा भारतीय पक्षले अवरोध गरेपछि यस क्षेत्रका सांसद देवकरण कलवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना, स्थानिय विकास अधिकारी, युवराज कट्टेल, कर्नेल पुर्ण प्रसाद ढकाल, प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरी, शसस्त्र प्रहरी उपरिक्षक टंक खडका लगायतले सम्पुर्ण सुस्ताको अनुगमन गरेका थिए । अनुगमन टोलीले सुस्ताको विवादित जग्गा, अतिक्रमित जग्गा, सिमा, र तटबन्ध समेतको अनुगमन गरेका थिए । सांसद देवकरण कलवारले, सुस्ताको अतिक्रमित जग्गा फिर्ता गराई सिमाङ्कन गर्न पटक पटक सदनमा कुरा उठाउदै आएपनि सरकारले यो दुई देशको कुरा हो भन्दै टाल्दै आएको आरोप लगाए । नागरिकता, लालपुर्जा, बाटोघाटो, खानेपानी, बिजुली, शिक्षा र स्वास्थ्य जस्ता अत्यावश्यक पुर्वाधारले पछाडी परेका सुस्ताबासीहरुको समस्या सामाधान गर्न सहरी विकास मन्त्रालयले बस्ती विकास योजना ल्याई निर्माण कार्य थालेपछि भारतीय अवरोध गरेको सांसद कलवारले बताए । उनले भने, सुस्तामा अवरोध भएका कार्यहरु पुनः सुचारु गराउन जिल्ला अधिकारीहरु भारतीय अधिकारी कहाँ गई यसको सहज वातावरण बनाउन पहल गर्ने यस अनुगमनको उद्देश्य रहेको बताए ।

सुस्तामा जग्गा अतिक्रमण, नागरिकता, लालपुर्जा, बाटोघाटो, खानेपानी, बिजुली, शिक्षा र स्वास्थ्य लगायतका दर्जनभन्दा बढि समस्याहरु रहेको सुस्ता बचाउ अभियानका अध्ययक्ष गोपाल गुरुङ्गले बताउदै सुस्ताको विकासका लागि सरकारबाट केहि पहल नभएको आरोप लगाए । यसरी सुस्ताबासीका समस्याहरु सुनेर प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले सुस्तामा नागरिकता शिबिर, स्वास्थ्य शिबिर, पुर्जा वितरण शिबिर संचालन गर्ने बताए । खास गरि सुस्ताका भौतिक पुर्वाधाहरुको विकासका लागि स्थानिय विकास अधिकारी युवराज कट्टेलले सुस्तालाई प्राथमिकतामा राखि विभिन्न योजना र बजेटहरु हालिने सुस्ताबासीलाई आसवासन दिएका थिए । त्रिवेणी सुस्ता गाविसको वडा नंं ४, चालिस (४०) हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको सुस्ताभुमी पटक पटक भारतीय पक्षद्धारा अतिक्रमणमा परि १४ हजार ४ हेक्टेयर क्षेत्रफल अतिक्रमण भैसकेको र ७ हजार हेक्टेयर क्षेत्रफल भातरले जोतभोगबाट रोक लगाएको स्थानियले बताए ।susta

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.